PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भित्री शहर इन्द्रचोक, नरदेवी, मखन र किलागलमा पनि चारपांग्रे निषेध गरिँदै



पहिलोपोस्ट

काठमाडौँ : काठमाडौँ महानगरपलिकाले शहरका केही भित्री क्षेत्रका सडकमा चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाउने भएको छ।  

कामपाको वडाध्यक्षहरुको आज बसेको बैठकले भित्री शहरमा सवारी साधनको आवतजावत हुँदा धार्मिक,ऐतिहासि र पुरातात्विक सम्पदा घुम्न आउने पर्यटकलाई र पैदलयात्रुलाई समेत समस्या उत्पन्न भएकाले यस्तो निर्णय गरेको कामपा वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले बताए। 

शाक्यका अनुसार कामपाभित्रका विशेषगरी वडा नं २५, १८, १७, २७ वडाहरुमा सवारी निषेध गर्न लागिएको हो। बाटो साँघुरो, सर्वसाधारणको चाप बढी हुने भएकाले दुर्घटना पनि हुने गरेको छ, त्यसैले यस्तो निर्णय गर्नु परेको हो। इन्द्रचोक, मखन, नरदेवी, किलागललगायत भित्री बाटोमा चारपांग्रे गाडीलाई निषेध गर्ने र उनीहरुका लागि अन्य विकल्प पनि खोजिने जानकारी दिइएको छ।  
     
साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म यात्रुको चाप कम हुने भएकाले उक्त समयमा भने चारपांग्रे यातायातका साधन उक्त स्थानमा सञ्चालन गर्न सकिनेछ। आगामी माघ २ गतेदेखि यस किसिमको नियम लागू बताइएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell