PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पिङ्काथन काठमाडौं फेब्रुअरी २४ मा हुने, पाँच हजार भन्दा बढी सहभागी हुने अपेक्षा



पहिलोपोस्ट

पिङ्काथन काठमाडौं फेब्रुअरी २४ मा हुने, पाँच हजार भन्दा बढी सहभागी हुने अपेक्षा

काठमाडौं : दोस्रो संस्करणको पिङकाथन काठमाडौं दौड फेब्रुअरी २४ का माठमाडौंमा हुने भएको छ। महिला सशक्तिकरण र महिला स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने यस दौड कार्यक्रम नेपालमा हुन लागेको ठूलो महिला दौड प्रतियोगिता हो।

पिङकाथन काठमाडौं पिङकाथन इन्डियाको नेपाल संस्करण हो र यसको प्रमोसन गर्ने काम मोडल, फिल्म निर्माता, स्वीमर, फिटनेस ट्रेनर मिलिन्ड सोमनले गिररहेका छन्।

मंगलबार राजधानीको ह्यात होडलमा दोस्रो संस्करणको पिङकाथन काठमाडौं घोषणा कार्यक्रममा मिलिन्ड समेत उपस्थित थिए। पिङकाथन काठमाडौंको आयोजना लेजर पोर्टले गर्नेछ र यो नेपालमा हुने पिङकाथनको फ्रनेचाइज होल्डर हो।

पिङकाथन काठमाडौंमा चार विधाको दौड समावेश हुनेछ। जहाँ २१ किलोमिटरको हाफ म्याराथन, १० मिमी, ५ किमी र ३ किमीको दौड गराइनेछ।

गत संस्करणको उपाधि एपीएफकी कान्छीमाया कोजुले जितेकी थिइन्। पहिलो पटक इलेक्ट्रोनिङ टाइमिङ सिस्टम प्रयोग भएको उक्त हाफ म्याराथन कान्छीमायाले १ घण्टा १८ मिनेट २८ सेकेण्ड पूरा गरेकी थिइन्। गत वर्ष ३ हजार महिलाले सहभागिता जनाएको र यसपटक ५ हजार सहभागिता जनाउने आयोजक लेजर पोर्टका नमराज जोशीले बताए।

यसपटक हाफ म्याराथनको विजेताले गनद ५० हजार हात पार्नेछन् भने यपविजेताले ३० तथा तेस्रो हुने २० हजार प्राप्त गर्नेछन्। यस्तै १० किमीको विजेताले ३० हजार, उपविजेताले २० तथा तेस्रो हुनेले १० हजार पाउने लेजर पोर्टका नमराज जोशीले बताए। ५ र ३ किमि को विजेतालाई भने नगद पुरस्कार नराखिएको जोशीले जानकारी दिए। जोशीका अनुसार म्याराथनमा कोर्स रेकर्ड बनाउनेले १० हजार नगद पाउनेछन्।

पिङकाथनमा सहभागिताका लागि ६ सय इन्ट्री फि राखिएको छ। पिङकाथन काठमाडौंकी ब्रान्ड एम्बासडर रहेमी मोडल नग्मा श्रेष्ठले धेरै अगाडी देखि आफूले पिङकाथन इन्डिया फलो गरिरहेको  र नेपालमा पिन हुनु राम्रो कन्सेप्ट रहेको बताए।

 

'सबै महिलाको लागि दौड'

सन् २०१२ मा भारतको मुम्बईबाट पिङकाथन सुरु गरेका मोडल मिलिन्डले पिङकाथन म्याराथन मात्र नभएर फरक कार्यक्रम भएको बताए। 'यो महिलाहरुलाई स्वास्थ सम्बन्धी चेतना जगाउने माध्यम समेत हो। यो प्रोफेसनलहरुका लागि होइन, उनीहरुका लागि हो जसले यसअघि कहिल्यै दौडेका छैनन्।'

सुरुमा पिङकाथन गर्न धेरै गाह्रो भएको र पछि विस्तारै यसबारे सबैले बुझ्दै गएको मिलिन्सले  अनुभव सुनाए। 'हामीले पहिलो पटक सुरु गर्दा धेरै गाह्रो थियो। मानिसहरु महिलाले किन दौडनु, समय हुँदैन, आउँदैनन् भनेर भनेका थिए। तर पहिलो पटक नै पिङकाथन रमाइलो भयो।'

'यसले धेरै राम्रो प्रभाव पार्‍यो। हामीले रनिङ इभेन्टको रुपमा सुरु गरेका थियौँ। अहिले सबैखालका महिला यसमा सहभागि हुन्छन्।'

यस्तै मिलिन्डले पिङकाथन शतप्रतिशत समावेशी भएको समेत बताए। 'हामीले यस इभेन्टसलाई पूरै समावेश बनाएका छा। यहाँ कोही महिला छुट्दैनन्। पैसा नहुनेलाई फ्रि मा नाम दर्ता गराउँछौँ। मिलिन्दले भने। यस इभेन्टमा प्रेगन्यान्ट भएका महिला, भर्खरै बच्चा जन्माएका महिला बच्चा सबैले सहभागिता जनाउन पाउनेछन्। हामी कोही महिलालाई छुटाउँदैनौँ।'

'जुनसुकै उमेर समूहका, जुनसुकै वर्गका महिला, आँखा नदेख्ने, क्यान्सर भएका सबै महिलाहरुका लागि यो इभेन्ट हो।'

मिलिन्डले भारतमा अहिले कूल ८ शहरमा पिङकाथन हुने र विसाकापटनम जस्ता साना सहरहरुबाट पनि पिङ्काथन गर्ने प्रस्ताव आएको सुनाए।

अहिलेका मुम्बई, पुने, दिल्ली, कोलकता, बैंगलुरु, हैदरावाद, चेन्नाई र गुवहाटीमा पिङ्काथन आयोजना हुन्छ।

मिलिन्सले काठमाडौं बाहेक नेपालका अन्य सहरमा समेत पिङकाथन गर्ने तयारी भइरहेको बताए।

मिलिन्द सन् १९८४ मा पहिलो पटक नेपाल आएका थिएन। त्यतिखेर नेपालमा आयोजना भएको दषिण एसियाली खेलकुदमा स्वीमिङमा सहभागिता जनाउन आएका मिलिन्डले भारतका लागि पदक समेत जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell