PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वीरगंजका दुई सुन पसलमा छापा, स्थानीय प्रशासनलाई जानकारी नदिई छापा मार्‍यो: व्यापारी



राधेश्याम पटेल

वीरगंजका दुई सुन पसलमा छापा, स्थानीय प्रशासनलाई जानकारी नदिई छापा मार्‍यो: व्यापारी

वीरगंज: मध्यमाञ्चल क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले वीरगंजको दुई वटा सुनचाँदी पसलमा सोमवार छापा मारेको छ। गहवामाई मन्दिर नजिक रहेको न्यूओम ज्वेलर्स र लिंक रोड बसपार्क नजिक रहेको बालाजी ज्वेलर्समा राजस्वले छापा मारेको हो। 

अनुसन्धान अधिकृत तेजमणि काफलेको टोलीले न्यूओम ज्वेलर्समा र अनुसन्धान अधिकृत भीम देवकोटाको टोलीले बलाजी ज्वेलर्समा छापा मारेको हो। २४र२५ जना राजस्व कर्मचारीको टोलीले प्रहरीको सहयोगमा छापा हानी कागजपत्र नियन्त्रणमा लिएको छ। 

राजस्वको टोलीले छापा हानी दुबै पसलको कारोबार भएको कागजातहरु नियन्त्रणमा लिई पथलैया लगेको छ।

न्यूओम ज्वेलर्स वीरगंजको राणीसति मन्दिर अगाडि रहेको ओम रेजिडेन्सी होटलका सञ्चालक बन्टी सर्राफको हो भने बलाजी ज्वेलर्स सुनचाँदी व्यवसायी संघ पर्साका पुर्व अध्यक्ष रामरतन सर्राफको हो।

 वीरगंजका केही सुनचाँदी पसलले भन्सार छलेको भनी गोप्य सूचना आएकोले छापा हानिएको अनुसन्धान अधिकृत तेजमणि काफलेले बताए।

उनले राजस्व टोलीलाई वीरगंजका केही पत्रकारले असहयोग गरेको बताए। न्यूओम ज्वेलर्समा छापा मार्ना जाँदा केही पत्रकारकै उकसाहटमा व्यापारीहरुले हुलहुज्जत गरी असहयोग गरेको उनले आरोप लगाए।

यता,व्यापारीहरुले स्थानीय प्रशासनलाई खबर नै नगरी राजस्व टोलीले अपराधीको  शैलीमा छापा मारेकोले विरोध गरेको बताएका छन्। राजस्व टोलीले यसरी नै छापाको नाममा वीरगंजको व्यापारीमा त्रास मच्चाएको उनीहरुको भनाई छ। 

आज राजस्वको छापा टोलीको कारण वीरगंजका करिब एक सय ५० सुनचाँदी पसल दिन भर बन्द भए। सुनचाँदी व्यवसायी संघ पर्साका अध्यक्ष नीरज सर्राफ मुन्नाका अनुसार राजस्व टोलीको छापाका कारण वीरगंजको आज दिन भरको कारोबार प्रभावित भएको बताए। सबै व्यापारी डराएर पसल बन्द गरेको बताए ।

स्रोतका अनुसार राजस्व टोलीले वीरगंजको केही सुन पसलेले १० वर्षभित्र भन्सार छली अस्वभाविक सम्पति आर्जन गरेको तथ्यसहितको गोप्य सूचनाको अधारमा राजस्वले सुनपसललाई निशाना बनाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell