PahiloPost

Nov 14, 2018 | २८ कात्तिक २०७५


दमकका सुरेन्द्र विष्टको मलेसियामा मृत्यु


पहिलोपोस्ट

दमकका सुरेन्द्र विष्टको मलेसियामा मृत्यु
प्रतीकात्मक तस्वीर

झापाः दमक–२ का सुरेन्द्र विष्ट (फणिन्द्र) को वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएको छ।

त्यहाँस्थित एयरपोर्टमा कार्यरत ३२ वर्षीय विष्टको गत माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो। सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको थियो।

तीन वर्षअघि रोजगारीका क्रममा मलेसिया पुगेका विष्टको आज शव ल्याउने तयारी भएको मृतकका पिता हरिभक्तले बताए। रासस



दमकका सुरेन्द्र विष्टको मलेसियामा मृत्यु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट