PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राष्ट्रिय कलाश्री सम्मान चार जनालाई



पहिलोपोस्ट

राष्ट्रिय कलाश्री सम्मान चार जनालाई

काठमाडौं: नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रदान गर्दै आएको कला श्री सम्मान तथ पुरस्कार यस वर्ष चार जनालाई प्रदान गर्ने भएको छ। 

दश वर्षदेखि भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकहरूलाई प्रदान गरिने अमूल्य राष्ट्रिय कलाश्री सम्मान—२०७४ डा. वासुदेव त्रिपाठीलाई प्रदान गर्ने भएको छ। 

त्यस्तै एकलाख राशिसहित राष्ट्रिय कलाश्री पुरस्कार—२०७४ कथाकार माया ठकुरीलाई प्रदान गरिने भएको छ।

पचास हजार राशिसहितको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार—२०७४ सशक्त साहित्यसर्जक मणि लोहनीलाई र २५ हजार राशिसहित बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार—२०७४ साहित्यका साधक पत्रकार मोहन दुवाललाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानकी अध्यक्ष मोमिलाले जानकारी दिइन्।

सम्मान तथा पुरस्कार आगामी फागुन महिनामा विशेष समारोहका बीच प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell