PahiloPost

Oct 19, 2018 | २ कात्तिक २०७५


सुनहरे पर्दामा शेरबहादुर


किशोर नेपाल

सुनहरे पर्दामा शेरबहादुर

कान्तिपुर गाथा


स्थानीय, प्रादेशिक र संघीय चुनावको समाप्तिसँगै ‘सम्वृद्धि’ काल शुरु भयोे। शहरमा ‘शेरबहादुर’ नामको सिनेमा चल्यो। ‘राते काँईला’ को नामबाट ‘मेरी कोम’ को अभिनेता हुँदै, र तन्किदै, अभिनेता सुनील थापा शेरबहादुर बने। 

यो नसोच्नु होला, उनै हुन चुनाव हार्ने पार्टी नेपाली कांग्रेसका सभापति। अचम्मै छ। कनिकालाई आज इन्टरभ्यू गर्नुछ सुनील थापाको। जो अहिले शेरबहादुरको रुपमा शहरका विभिन्न सुनहरे पर्दामा चली रहेका छन। 

कनिकाले सोची, यो रिपोर्टरको ‘जब’ नै विसिद्धी हो। भुईंचालोले सारा शहर ध्वस्त पारेको बेलामा समेत त्यो विनासलाई देखेर अनौठो आनन्द लिनसक्ने यहाँका मानिसहरु कस्ता। कति विभत्स हो जीवन। भुईंचालोले पृथ्वीलाई बेस्सरी हुँडलेपछि पहिले त्यसको लेदो बन्दछ, अनि बन्दछ भास।

हामी त्यही भासमा उभिएर सिंहदरबारको पुनर्निर्माण गर्दैछौं।

‘के गर्दैछेस कनिका ?’ सुदिप्ती सोध्छे।

‘आइ मिस डुईङ नथिङ, यार’, कनिका जवाफ दिन्छे। 

‘हाइड्रोमा एउटा स्टोरी छ। उड यु लाइक टू हेल्प ?’ सुदिप्तीले सोधी।
‘लेख्न बाँकी नै के छ र त्यसमा ? म जन्मिएको वर्षमा इन्टरनेटले जिरो पर्सेन्ट विजुली खपत गर्दथ्यो। अहिले म २१ वर्षकी भएँ। डिजिटल इकोनोमीले विश्वको टोटल इनर्जी प्रडक्सनको दश पर्सेन्ट खान्छ। म जन्मेको बेलामा त अहिले उत्पादन हुने बिजुलीले संसारै झिलिमिली हुन्थ्यो’, कनिकाको कुरा सुनेर अचम्म लाग्यो सुदिप्तीलाई।

‘त्यसो भन्छेस भने बितेका केही वर्षहरुमा हामीले हाम्रो मस्तिष्क, मगज, गिदी, दिमागको आकारमात्रै बिथोलेका छैनौं। हामीले कोठा बदले झैं हाम्रो धर्तीको स्वरुप नै बदलेका छौं। मानिसको जीवन रोचक हुन छाडेको छ। हाम्रो सेन्स अफ टाइम नै बिथोलिन थालेको छ। त्यसैले कनिजस्ता रिपोर्टरहरुले अलिकति वढी मेहनत गर्नु पर्दछ,’ सुदिप्तीले जवाफ दिई।

देशमा विकास भएको छैन। पोहोर साल कनिका खेतीपातीको रिपोर्ट बनाउन महादेव पाटी गएकी थिई। त्यहाँ उसले स्थानीय महिला कार्यकर्ता सत्यवतीसँग कुरा गरी। सत्यवतीको खुर्सानी बारीमा पोहोरभन्दा बढी मेहनत गरेर पनि यसपाला कम खुर्सानी फल्यो। अहिलेसम्म मल, बिउ, रसायन केही आइ पुगेको छैन गाउँमा। सबै चुनावमा दौडेका छन्। 

कनिकालाई लाग्यो: समय लगातार हिंडी रहेको छ वेगले। तर, हामी जनता भने जहाँ छौं त्यहीं स्थिर छौं। सत्यवतीले बताइन्, ‘हेर्नुस न अव, मेरा बा–आमाले मलाई विजुली बत्ती नभएको घरमा नदिने भनें। त्यसपछि यहाँ कुरा भएछ। घरमा विजुली थियो। तर, तरकारी खेती गर्ने मानिस थिएन। मेरो बुढा अफिस जाने। मैले तरकारी खेती गर्न थालें। मलाई साथीहरुले जिस्क्याउन थाले। अहिले त्यस्तो छैन। तरकारी खेतीमा धेरै लागेका छन्। लोग्ने मान्छेहरुले जग्गा खत्तम पारी सके।’ 

कनिकाले महादेव पाटी सम्झी। उसलाई एकपटक त्यहाँ पुग्ने रहर थियो। सुदिप्ती चाहीं कनिकालाई पठाउन चाहन्थी: प्रदेश नम्बर २। कोशी कन्चनपुरदेखि बारा सिर्सियासम्मको भूभागमा नयाँ प्रदेश, नयाँ प्रदेश प्रमुख, नयाँ मुख्यमन्त्री, नयाँ मन्त्रीहरु – सुदिप्ती कुनै इभेन्ट छाड्न चाहन्नथी। दुइ चारजना अगुवा महिलाको अन्तर्वार्ता, दुइ चारजना पुरुषको प्रवृत्ति, कडा गरिबी, रोगी मानिसको बढ्दो संख्या। कनिकालाई लाग्यो, महादेव पाटीका जनताका लागि स्कूल, खानेपानीको धारो, एउटा सानो अस्पताल, गाउँका जनतालाई अभर पर्दा, खरखाँचोमा सस्तो ब्याजमा केही पैसा।

कति सजिलो सोचेका छन यिनीहरुले जीवन।
 
महादेव पाटीबाट फर्केपछि सुदिप्तीसँग भेट भयो कनिकाको। साँझ उनीहरुको कुरा भयो। कनिकाले दश–बाह्रदिन बिताउने भई मधेशमा। यो पटक कनिकासँग बुलबुल पनि थिइ – चटपटे बुलबुल। उ थिइ नयाँ रिपोर्टर.....



सुनहरे पर्दामा शेरबहादुर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट