PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

डेटामा टेलिकमको अहिलेसम्मकै सस्तो अफर : ५० रुपैयाँमा अनलिमिटेड, १५ रुपैयाँमा नाइट टाइम डेटा प्याकेज



डेटामा टेलिकमको अहिलेसम्मकै सस्तो अफर : ५० रुपैयाँमा अनलिमिटेड, १५ रुपैयाँमा नाइट टाइम डेटा प्याकेज

काठमाडौँ : नेपाल टेलिकमले आफ्नो सेवाको १४ वर्ष पूरा गरेको अवसरमा अहिलेसम्मकै सस्तो डेटा प्याकेज दिने भएको छ। 

टेलिकमले भोलिदेखि ५० रुपैयाँमा अनलिमिटेड डेटा प्याकेज दिने भएको छ। यसको अवधि २४ घण्टा रहनेछ। यो प्याकेज लिन UNL टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने टेलिकमले जनाएको छ। 

त्यसैगरी १५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड डेटा चलाउने अर्को प्याकेज टेलिकमले सुरु गर्ने भएको छ। यो प्याकेजका लागि NUNL टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्नेछ। यो अफर फागुन ८ गतेसम्म मात्र रहने छ। 

त्यस्तै ३५ रुपैयाँमा राति दश बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड भ्वाइस प्याकेज पाइनेछ। यसका लागि UNVOICE टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्नेछ। यो प्याकेजको अवधि तीन दिन हुनेछ। 

टपअपमा बोनस

भोलिदेखि माघ २९ गतेसम्मकालागि ५०, १०० र २०० को टपअपमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्छन् भने ५०० र १०००को टपअप खरिदमा १५ प्रतिशत बोनस प्राप्त गर्न सक्छन्।

पीएसटीएन सेवाग्रहीले फागुन महिनामा २५ कल बराबरको छुट पाउनेबारे कम्पनीले जनाएको छ।

एडिएसएलको स्पिड ५ एमबीपीएस

यसैगरी माघ २५ गतेदेखि एडिएसएल सेवाको स्पिड ५ एमबीपिएसमा स्तरोन्नति गरिँदैछ। माघ २५ गतेदेखि तीन महीनाको लागि ‘क्रस विलिङ’ अन्तर्गत  एडिएसएल सेवामा रिचार्ज गर्दा जिएसएम र सिडीएमएमा डाटा बोनस उपलब्ध गर्ने भएको छ।

कम्पनीका अनुसार माघ २५ देखि आगामी बैशाख २५ गतेसम्म भारतमा कल गर्दा प्रतिमिनेट २ रुपैयाँ २२ पैसादेखि २ रुपैयाँ ३३ पैसा प्रति मिनेटसम्मको प्याकेज पाउन सक्छन्।    

कम्पनीले हाल ७७ जिल्ला लगायत सातैवटा प्रदेशमा तारसहित र ताररहित सेवा दिँदै आएको छ।  कम्पनीका अनुसार गत साल भ्वाइस सेवामा १ करोड ८५ लाख ५८ हजार  प्रयोगकर्ता रहेका छन् भने टेलिघनत्व ६४.६३ प्रतिशत पुगेको छ। नेपाल टेलिकमको डाटा प्रयोगकर्ता ८९ लाख ३५ हजार प्रयोगकर्ता पुगेका छन् भने डाटा घनत्व ३१.१२ प्रतिशत पुगेको कम्पनीले बताएको छ।

स्थापनाकालमा ४ लाख २२ हजार ग्राहक रहेको नेपाल टलिकमको  हाल १ करोड ८५ लाख ग्राहक रहेको बारे प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन्। नेपाल टेलिकमले डाटा सेवा विस्तारका लागि भ्वाइस प्याकेज, म्युजिक स्ट्रिमिङ लगायतका सेवा विस्तार भएको राजभण्डारीले जानकारी दिइन्। उनका अनुसार जिएसएम प्रयोगकर्ताले फागुनको दोस्रो सातादेखि भ्वाइस मेल सर्भिस लिन सक्नेछन्।

कम्पनीको आधिकारीक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/०७४ मा १ सय ३४ स्थानमा ५० हजार लाइन र २६ हजार लाइन एडिएसएल क्षमता बृद्धि भएको छ।

कम्पनीले माघ ४ गतेदेखि एकिकृत बिलिङ सिस्टम संचालनमा ल्याएको बताउँदै प्रवन्ध निर्देशक राजभण्डारीले भनिन् 'कम्पनीले दिँदै आएको सिडीएमए, जिएसएम, वाइम्याक्स, एडीएसएल  लगायतका सबै सेवाग्राहीको बिलिङ सेवा सहज र एकीकृत रुपले उपलब्ध हुनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell