PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

‘सुनसान भवन’लाई मेडिकल कलेज सञ्चालनको स्वीकृति दिने यी १७ अनुहार: जो कारबाहीको सिफारिसमा परे



सागर बुढाथोकी

‘सुनसान भवन’लाई मेडिकल कलेज सञ्चालनको स्वीकृति दिने यी १७ अनुहार: जो कारबाहीको सिफारिसमा परे

काठमाडौं: मेडिकल शिक्षामा अनियमितता गर्ने ४३ जना मध्ये १७ जना काठमाडौंस्थित नेसनल कलेजलाई सम्बन्धन दिन भूमिका खेल्नेहरु रहेका छन्। 

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा मेडिकल शिक्षामा अनियमितता गर्ने ४३ जनालाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ। 

प्रतिवेदन औपचारिक रुपमा सार्वजानिक भइनसके पनि केही अंश बुधबार मिडियामा लिक भइसकेको छ। 

त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मेडिकल काउन्सिलका पदाधिकारी तथा आइओएमका वरिष्ठ चिकित्सकहरुले पदको दुरुपयोग गरी मेडिकल शिक्षालाई धरासायी बनाएको भन्दै आयोगले कारबाहीको सिफारिस गरेको हो।

कारबाही सिफारिस गरेका ४३ जना मध्ये १७ जना नेसनल कलेज सम्बन्धनसँग जोडिएका छन्।

नेसनल कलेज त्यही कलेज हो, जसले बिना पूर्वाधार सम्बन्धन पाएको थियो।

उपकुलपति हीराबहादुर महर्जनले डा करविरनाथ योगीको संयोजकत्वमा ७ सदस्यीय चिकित्सकहरुको टोलीलाई कलेज निरीक्षण गर्न खटाएका थिए।

टोलीले २०७० कात्तिक २७ गते २ सय भन्दा बढी बिरामी दिनहुँ अस्पताल पुग्ने, पर्याप्त बेड, अस्पताल परिसरभित्र फार्मेसी घर भाडामा लिएको, ६५  भन्दा बढी प्राध्यापक कार्यरत भएका तथ्यहरु उल्लेख गर्‍यो।

तर,  उक्त कलेज न त सञ्चालनमा आएको थियो न त अस्पताल नै। आवासीय खाली भवनले मेडिकल कलेजको समबन्धन पाएको थियो।

यस्तै गलत प्रतिवेदन पेश गरेको ४ वर्षपछि कलेज विवादित बन्यो। डाक्टर केसी अनशन बसे। कलेजको सम्बन्धन खारेज भयो।

डा. गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षामा भएको विकृतिको छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग अनुसार सरकारले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गर्‍यो।  आयोगले गत कात्तिक २८ गते नै नेसनल र केयु प्रकरणमा संलग्न पधाधिकारीहरु बोलाएर बयान लिएको थियो।

आयोग गठन भएको १० महिना नपुग्दै आयोगले ४३ जनाको नाम सरकारलाई बुझायो। आयोगको सदस्यमा डा. उपेन्द्र देवकोटा र शिक्षा मन्त्रालयका सहसचिव सूर्य गौतम छन्।

नेसनल मेडिकल कलेज प्रकरणमा जोडिएका १७ जनालाई अस्पताल सञ्चालनका लागि स्वीकृतिसमेत नपाएको काठमाडौं नेसनल मेडिकल कलेज (प्रस्तावित) लाई सम्बन्धन दिन मुख्य भूमिका खेलेको र पदको दुरुपयोग गरेको आरोप छ। त्यस्तै अति जिम्मेवार पदाधिकारीले पद अनुकूलको काम, कर्तव्य र आचरण नगरी अनियमिततामा संग्लग्न भएको आरोप छ।

यी हुन् जसले ‘सुनसान भवन’लाई मेडिकल कलेज सञ्चालनको स्वीकृति दिए


१. तीर्थराज खनियाँ, उपकूलपति– त्रिभुवन विश्वविद्यालय
 २. सुधा त्रिपाठी, रेक्टर– त्रिभुवन विश्वविद्यालय
३. डिल्ली उप्रेती, रजिष्ट्रार– त्रिभुवन विश्वविद्यालय
४. अधिवक्ता नारायण खनाल– कानूनी सल्लाहकार, त्रिभुवन विश्वविद्यालय
५. प्राडा करवीरनाथ योगी
६. प्राडा ज्योति शर्मा
७. प्राडा केशवप्रसाद सिंह
८. प्राडा प्रमोदकुमार श्रेष्ठ
९. प्राडा परशुराम मिश्र
१०. प्राडा रामप्रसाद उप्रेती
११. प्रल्हाद पन्त, त्रिवि
१२. डा अनिल झा
१३. डा शशी शर्मा 
१४. डा सरोज श्रेष्ठ
१५. रामप्रसाद खतिवडा, डिन, विज्ञान संकाय– त्रिभुवन विश्वविद्यालय
१६. राजेन्द्र पौडेल, त्रिवि कार्यकारी परिषद् सदस्य
१७. हरि पराजुली

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell