PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

आज बिहान नेपालगञ्जमा भन्दा काठमाडौँमा बढी गर्मी



आज बिहान नेपालगञ्जमा भन्दा काठमाडौँमा बढी गर्मी

काठमाडौँ :  राजधानी काठमाडौँको मंगलबार बिहानको तापक्रमले तराईको सहर नेपालगञ्जलाई समेत जितेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पौने १२ बजे काठमाडौँको तापक्रम ३१.४ डिग्री सेल्सियस छ भने नेपालगञ्जको २६.७ डिग्री सेल्सियसमात्रै। 

तर दिउँसो पौने ३ बजेको तापक्रममा भने नेपालगञ्जले काठमाडौँलाई जितेको छ। नेपालगञ्जको तापक्रम ४०.६ डिग्री सेल्सियस छ भने काठमाडौँको ३३.३ डिग्री। 

हिजो भने नेपालगञ्जको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस पुगेको थियो। काठमाडौँको तापक्रम पनि हिजो तीन वर्ष यताकै सबैभन्दा बढी अर्थात् ३३.५ डिग्री सेल्सियस पुगेको थियो। 

मंगलबार बिहान काठमाडौँको तापक्रम विराटनगरको बराबर थियो। धनगढीमा बिहान पौने १२ बजे ३५.६ डिग्री, दाङमा ३६.२ डिग्री, भैरहवामा ३७.३ डिग्री, सिमरामा ३५ डिग्री सेल्सियस तापक्रम रहेको महाशाखाले जनाएको छ। 

काठमाडौँमा सबैभन्दा बढी तापक्रम रेकर्ड भएको दिन भने २०४६ सालको वैशाख २५ गते हो। यो दिन तापक्रम ३६.६ डिग्री पुगेको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell