PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भैरहवा सेजमा उद्योग खोल्न १९ कम्पनीको प्रस्तावः १४ उद्योगमात्र दर्ता, ठूला लगानीकर्ता आएनन्



चन्द्रकान्त खनाल

भैरहवा सेजमा उद्योग खोल्न १९ कम्पनीको प्रस्तावः १४ उद्योगमात्र दर्ता, ठूला लगानीकर्ता आएनन्

रुपन्देहीः भैरहवास्थित नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग सञ्चालनका लागि १४ वटा उद्योगमात्र दर्ता गराएका छन्। १९ वटा उद्योगले प्रस्ताव गरे पनि पाँचवटा कम्पनी दर्तामा नआएका हुन्।

माघ १२ गते सेज व्यवस्थापनले उद्योग दर्ताका लागि १५ दिनको समय तोकेको थियो। अन्तिम दिनसम्ममा १४ वटामात्र उद्योग दर्ता भएको विशेष आर्थिक क्षेत्र विकास समितिका प्रवक्ता सुन्दर थापाले  बताए।

‘सुरुमा १९ वटा कम्पनीले उद्योगले सञ्चालनको लागि लगानी गर्ने इच्छा देखाएका थिए। तीमध्ये पाँचवटा सहभागी भएनन्’ प्रवक्ता थापाले भने।

थापाका अनुसार उद्योग सञ्चलानमा समझदारी गरेका १९ मध्ये १४ उद्योग दर्ता भएका छन्। बिकास समितिले थप १५ दिनको समयसहित दर्ताको सूचना जारी गरेको छ। यसअघि उद्योग दर्ताको आशय देखाएका ठूला औद्योगिक घराना पञ्चकन्या, गोल्छा लयागतले सेजमा उद्योग दर्ता गरेनन्।

रुपन्देहीको रोहिणी गाउँपालिकाको बगाहामा ५२ विगाहा क्षेत्रफलमा रहेको विशेष आर्थिक क्षेत्र सेजमा १४ सयदेखि ३७ सय वर्गमिटरसम्मका ६९ ओटा प्लटहरु रहेका छन्।

विशेष आर्थिक क्षेत्रभित्र खाद्य उद्योग, कृषिजन्य उद्योग, हर्वmल प्रोडक्ट तथा छालाको वस्तु, तयारी पोसाक, हस्तकला, धातु तथा प्लास्टिक उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिइने बताइँदै आएको छ। ती उद्योगले ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने प्रावधान छ।


सेजमा कुन कुन उद्योग आए हेर्नुस् सूची
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell