PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

को-को थिए सिन्धुपाल्चोकमा दुर्घटना भएको हेलिकप्टरमा?



को-को थिए सिन्धुपाल्चोकमा दुर्घटना भएको हेलिकप्टरमा?

काठमाडौँ :  सिन्धुपाल्चोकको यमुना डाँडामा दुर्घटना भएको माउन्टेन हेलिकप्टर्सको हेलिकप्टर 9N-AJP मा चार जना चढेका थिए। क्याप्टेन सुबेक श्रेष्ठले उडाएको हेलिकप्टरमा हल्यान्डकी जेसिका एक मात्र महिला यात्रु थिइन्। 

हेलिकप्टरमा चढेका चारैजनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा हेलिकप्टरका क्याप्टेन सुबेक श्रेष्ठ, डा. सन्दिप महत, स्वास्थ्यकर्मी शेरबहादुर कार्की र नर्स जेसिका छन्। जेसिका हल्यान्डकी नागरिक हुन्।  

घटनास्थलबाट शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइएको छ। पोस्टमार्टम भोलिमात्र गरिने अस्पतालले जनाएको छ।


दुर्घटना भएको हेलिकप्टर र चालक सुबेक श्रेष्ठ। फाइल फोटो

यमुनाडाँडा वडा नम्बर ८ मा हेलिकप्टर दुर्घटना भएको र त्यहाँ एक महिला, तीन पुरुषको शव भेटिएको उनले बताए। हेलिकप्टर तारमा ठोक्किएर खसेको प्रारम्भिक जानकारी आएको उनले पहिलोपोस्टलाई बताए।  

माउन्टेनका वसन्तकुमार भण्डारीले सिन्धुपाल्चोकमा आफ्नो कम्पनीको हेलिकप्टर दुर्घटना भएको पुष्टि गर्दै विस्तृत विवरण बुझ्दै गरेको बताए।

माउन्टेन एयरका क्याप्टेन नोर्बु शेर्पाका अनुसार भूकम्पपीडितको राहतका लागि काठमाडौँबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो। हेलिकप्टर सिन्धुपाल्चोककै लागि उडेको थियो। 
 
यसअघि अमेरिकी सेनाको हुइ हेलिकप्टर सिन्धुपाल्चोककै घोर्थलीस्थित कालिञ्चोक डाँडामा उद्दार र राहतका क्रममा दुर्घटना हुँदा दुई नेपाली र ६ अमेरिकीसहित आठ जनाको मृत्यु भएको थियो।  (घटनास्थलको फोटो : ज्ञानु पराजुली)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell