PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

क्याप्टेन सुबेक जसले भूकम्पपछि सयौँको ज्यान बचाए, तर आफै जोगिन सकेनन्



क्याप्टेन सुबेक जसले भूकम्पपछि सयौँको ज्यान बचाए, तर आफै जोगिन सकेनन्
फोटो स्रोत : प्रगति शाही/ http://wdiy.org/

  • पहिलोपोस्ट -
काठमाडौं : माउन्टेन हेलिकप्टर्सका क्याप्टेन सुबेक श्रेष्ठ वैशाख १२ गतेको भूकम्पपछि धेरैको ज्यान बचाउन जुटे। दुर्घटनाको एक साता पुग्दानपुग्दै उनले ४ सयभन्दा धेरै मानिसको ज्यान जोगाए। वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु थियो गोरखा। भूकम्पले ध्वस्त संरचनामा पुरिएर घाइते भएकाहरु जीवन मरणको संघर्षमा थिए। तिनकै उद्धारमा खटिएका थिए २७ वर्षका युवक सुबेक।

भूकम्पले ध्वस्त पारेको ठाउँमा पुग्ने माध्यम हेलिकप्टरमात्र थियो। खराब मौसमले पटक-पटक उद्धार अवरुद्ध पारिरहँदा यिनी जुटिरहेका थिए। उद्धार, उपचार तथा खाद्यान्न पुर्‍याउन यही साधन निर्विकल्प थियो। भूकम्पपछि लगातार परकम्प आइरहेका थिए त्यसले पनि मानिसमा त्रास थियो। सामान लैजान सक्ने सडक मार्ग पहिरोले अवरुद्ध थियो।    

'सडक सबै ब्लक छ, सञ्चार छैन र अझै त्यहाँ हल्लाइरहेको छ,' सुबेकलाई उदृत गर्दै नेसनल पब्लिक रेडियोकी पत्रकार जुलिया म्याकक्याथेले लेखेकी छिन्। म्याकक्याथेलाई सुबेकले केही तस्बिर देखाए : भूकम्पको धेरै प्रभाव परेमध्येको लाप्राक गाउँको। दृष्य युद्धभूमिको जस्तै थियो।
सुबेकले भनेका थिए, 'यो गाउँ र योसँगैका कुनै पनि गाउँमा घर सिंगो ठडिएको अवस्थामा छैन।'

सरकारको अनुरोधमा सानो हेलिकप्टरमा उनले पहिलो साताभित्र गम्भीर घाइते ४ सय मानिसलाई नजिकैको अस्पतालमा पुर्‍याए। 

म्याक्याथेले उनलाई फेरि सोधिन्, 'कति छन् पालमुनि बस्नेहरु?'

सुबेकले भने, 'सबै मानिस।'

माउन्टेनको वेबसाइटमा उनी एक वर्षअघि क्याप्टेनमा बढुवा हुँदाका तस्बिरहरु छन् जसमा उनको उत्साह, कर्तव्यबोध र रोमाञ्च जो कसैले महसूस गर्न सक्छन्।  

उनी म्युजिक भिडियोमा पनि देखिएका छन्। सम्वृद्धि राईको राष्ट्रवादी गीत 'म चाहिँ नेपाली'मा उनी वसन्तपुर दरवार क्षेत्र र हेलिकप्टरकै ककपिटमा देखिएका छन्।


​अनि गीत भन्छ :
तिमी को हौ थाहा भएन
म चाहिँ नेपाली
तिमी को हौ थाहा भएन
म चाहिँ नेपाली।

यो उमेरमा घाइतेको उद्धारमा अनवरत खटिएका उनले धेरैको ज्यान जोगाए। तर,  आफैँले उडाएको हेलिकप्टरमा आफ्नै ज्यान जोगाउन असफल भए। सयौंको उद्धार गरेका उनलाई दैवले पनि जोगाएनन्। उनीसहित चार जनाको मंगलबार भएको दुर्घटनामा ज्यान गयो। 

भनिन्छ नि, राम्रो मान्छे चाँडै भगवानका प्यारा हुन्छन् !


घटनास्थलमा भेटिएको क्याप्टेन सुबेकको लाइसेन्स

घटनास्थलबाट मंगलबार साँझ शव शिक्षण अस्पताल पुर्‌‍याइयो। अस्पतालमा आफन्त र शुभचिन्तकहरु  














 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell