PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​हेलिकप्टर दुर्घटनाका मृतकको पोस्टमार्टम भोलि



​हेलिकप्टर दुर्घटनाका मृतकको पोस्टमार्टम भोलि
हेलिकप्टर दुर्घटनाका मृतकको शव त्रिवि शिक्षण अस्पतालमा।

काठमाडौं : सिन्धुपाल्चोक बलेफीको यमुना डाँडामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेहरुको बुधबारमात्र अन्त्यष्टि गरिने भएको छ।

माउन्टेन हेलिकप्टर्सको 9N-AJP हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित चारजनाको मृत्यु भएको थियो। ज्यान गुमाउनेमा क्याप्टेन सुबेक श्रेष्ठ, डा. सन्दिप महत, स्वास्थ्यकर्मी शेरबहादुर कार्की र नर्स जेसिका छन्। जेसिका हल्यान्डकी नागरिक हुन्।  

मृतकको शव मंगलबार साँझ त्रिवि शिक्षण अस्पताल ल्याइएको छ। मृतकको पोस्टमार्टम बिहीबार १० बजेपछि मात्र गरिने अस्पतालले जनाएको छ।

अस्पतालमा मृतकका आफन्तहरु आएका छन्।  
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell