PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फिफा अध्यक्ष सेप ब्लाटरद्वारा पदत्याग



फिफा अध्यक्ष सेप ब्लाटरद्वारा पदत्याग

काठमाडौँ : चारदिन अघि पाँचौं कार्यकालका लागि फिफा अध्यक्षमा चुनिएका सेप ब्लाटरले आज आफुले फिफा अध्यक्षको पद त्याग गरेको घोषणा गरेका छन्।

 ब्लाटर सन् १९९८ देखि अध्यक्ष रहँदै आएका छन्। 

​गएको साता फिफाका वर्तमान र पूर्व अधिकारीलाई भ्रष्टाचार र घुस लेनदेन प्रकरणमा पक्राउ गरिएको थियो। ब्लाटर भने पक्राउ परेका थिएनन्। 

फूटबलको सर्वोच्च संस्था फिफाको मुख्यालय जुरिचमा आयोजित प्रेस कन्फरेन्समा ब्लाटरले पद त्यागको घोषणा गरेका हुन्। 'मैले मेरा ४० वर्ष फिफाका लागि दिएँ। म अरुसबैभन्दा बढी फिफालाई माया गर्छु,' ब्लाटरले भने, 'म सँधै राम्रो गर्न चाहन्थेँ र त्यसैका लागि यसपाली पनि उम्मेदवारी दिएको हुँ।'

​पाँचौं कार्यकालका लागि अध्यक्ष जितेपछि ब्लाटरले आफू सबैको अध्यक्ष भएको बताएका थिए। आजको विशेष पत्रकार सम्मेलनमा ब्लाटरले आफूले फिफा अध्यक्षको चुनावका लागि विशेष अधिवेशन बोलाउने बताउँदै भने, 'म अब अध्यक्षमा लडदिनँ। म अब चुनावी झण्झटबाट मुक्त भएको छु। हामीले सुधारका धेरै कुरा गर्‍यौं तर त्यो पर्याप्त भएन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell