PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सेप ब्लाटरले किन फिफा अध्यक्ष पद छाडे? के छ उनको राजीनामामा?



सेप ब्लाटरले किन फिफा अध्यक्ष पद छाडे? के छ उनको राजीनामामा?

फिफा अध्यक्ष सेप ब्लाटरले म‌ंगलबार पदत्याग गर्ने घोषणा गरे। उनले घोषणाका क्रममा के भने, नेपालीमा भावानुवाद-

मैले मेरो जीवनका ४० वर्ष फिफा र महान खेल फुटबलसँग अभिन्न रुपमा आवद्ध भएर बिताएँ। म फिफालाई अरु कुनै पनि कुराभन्दा बढी महत्व दिन्छु र म फिफा र फुटबलका लागि जे उचित हुन्छ त्यो मात्रै गर्न चाहन्छु। मैले पुनः निर्वाचनका लागि आफूलाई मजबुर महसूस गरेको थिएँ। किनभने मेरो विश्वासमा यो संगठनका लागि उचित विषय हुन्थ्यो। त्यो निर्वाचन त सकिएको छ तर फिफाका चुनौतिहरु बाँकी नै छन्। फिफालाई आमूल परिवर्तन आवश्यक छ। 

मसँग फिफाका सदस्यहरुको म्यान्डेट त छ तर मलाई लागिरहेको छ कि मसित पूरै फुटबल विश्व- फ्यानहरु, खेलाडीहरु, क्लबहरु, फुटबलमा बाँच्ने, फिफामा हामीले जत्तिकै फुटबलमा श्वास फेर्ने र फुटबललाई माया गर्नेहरुको म्यान्डेट छैन। त्यसैले मैले आफ्नो म्यान्डेट असाधारण निर्वाचित सम्मेलनका अघि समर्पण गर्ने निर्णय गरेको छु। 

त्यो निर्वाचनअघि सम्म म फिफा अध्यक्षको काम गरिरहनेछु। अर्को साधारण फिफा सम्मेलन १३ मे २०१६ मा मेक्सिको सिटीमा हुँदैछ। यसले अनावश्यक ढिलाइ गर्नेछ र म कार्यकारी कमिटीलाई एउटा असाधारण सम्मेलन आयोजना गर्न आग्रह गर्छु जसले मेरो उत्तराधिकारीलाई जतिसक्दो चाँडो चुनोस्।  यसलाई फिफाको विधान अनुसार गर्न जरुरी छ र हामीले उचित उम्मेदवारहरुले आफूलाई प्रस्तुत गर्न र क्याम्पेन गर्न पर्याप्त समय दिनुपर्छ। म उम्मेदवार नहुने हुनाले निर्वाचनको झण्झटबाट मुक्त भएको छ र त्यसकारण म हाम्रा पहिलेका प्रयासहरुलाई जारी राख्न सैद्धान्तिक सुधार आदि विषयमा ध्यान केन्द्रित गर्न सफल हुनेछु। 

वर्षौँदेखि हामीले प्रशासनिक सुधारका लागि निकै काम गर्‍यौँ यसलाई जारी राख्नु पर्छ। तर यो पर्याप्त भएन। कार्यकारी कमिटीमा महासंघका प्रतिनिधिहरु समावेश हुनुहुन्छ जसमा हाम्रो कुनै नियन्त्रण हुँदैन तर जसको कामका लागि फिफा जिम्मेवार हुन्छ। हामीलाई गहिरो जरैदेखि परिवर्तन आवश्यक छ। कार्यकारी कमिटीको आकारलाई सानो बनाइनु पर्छ र यसका सदस्यहरु फिफा कांग्रेसबाट चुनिनु पर्छ। कार्यकारी कमिटी सदस्यहरुको इन्टिग्रिटी चेक्स महासंघहरुबाट होइन केन्द्रीय रुपमा फिफाबाट हुन जरुरी छ। हामीले अध्यक्षका लागि मात्र पदावधिको सीमा तोक्ने हैन कार्यकारी कमिटीका सबै सदस्यहरुको पनि तोकिनु आवश्यक हुन्छ। यी परिवर्तनहरुका लागि मैले पहिले पनि संघर्ष गरेँ, र सबैलाई थाहा छ मेरा प्रयासहरुलाई रोकियो। 
 
यस पटक म सफल हुनेछु। म यसलाई एक्लै गर्न सक्दिनँ। मैले डोमेनिको स्कालालाई यी र अन्य कुराको परिचय र अवलम्बनका लागि भनेको छु। स्काला हाम्रो अडिट र कम्पिलियन्स कमिटीका स्वतन्त्र अध्यक्ष हुनुहुन्छ। उनी फिफा कंग्रेसबाट निर्वाचित हुन्। उनी एड हक इलेक्टोरल कमिटीका अध्यक्ष पनि हुन् र उनले मेरो उत्तराधिकारीको निर्वाचनको जिम्मा लिनेछन्। 
 
फिफा र यसका उद्देश्यहरुप्रति मेरो गहिरो लगावले नै मलाई यो निर्णय लिन अभिप्रेरित गर्‍यो। मलाई फिफा अध्यक्षका रुपमा सँधै रचनात्मक र निष्ठावान रुपमा समर्थन गर्ने सबैलाई र हामी सबैले माया गर्ने खेलका लागि धेरै कुरा गर्न सबैलाई धन्यवाद। मलाई अरु कुनै कुराभन्दा केमा बढी ध्यान छ भने जब यी सबैकुरा सकिनेछ, अन्ततः फुटबल विजयी हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell