PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भावी प्रधानमन्त्रीदेखि पूर्व प्रम र पूर्व प्रशिक्षकसम्मले दिए टिम नेपाललाई ट्विटरमा बधाई



भावी प्रधानमन्त्रीदेखि पूर्व प्रम र पूर्व प्रशिक्षकसम्मले दिए टिम नेपाललाई ट्विटरमा बधाई

क्यानाडाविरुद्ध अन्तिम ओभरमा एक विकेटको रोमाञ्चक जित हात पार्दै विश्वकप क्वालिफायर्समा ठाउँ सुरक्षित गरेको टिम नेपाललाई भावी प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्री र पूर्व प्रशिक्षकसम्मले ट्विटरमा बधाई दिएका छन्। 

भावी प्रधानमन्त्री केपी ओलीले ट्विटमार्फत् बधाई दिँदै आगामी दिनमा सशक्त र उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। 

त्यसैगरी पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले फेसबुकमा बधाई दिँदै थप सफलताको कामना गरेका छन्। उनले विश्वकप क्वालिफायर्स प्रतियोगितामा छनौट भएको लेख्नुपर्नेमा क्वालिफायर टिममा स्थान सुरक्षित भएको लेखेका छन्।  
उता नेपाली टिमका पूर्व प्रशिक्षक श्रीलंकाली नागरिक पुबुदु दास्सानायकेले एन्टिगुआ एन्ड बारबाडुआबाट ट्विट गर्दै नेपालको सुपर जितका लागि बधाई दिएका छन्। उनले समर्पण कडा मेहनतको फल एक दिन अवश्य आउने बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell