PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फोटोमा हेर्नुस कुकुर वर्षलाई स्वागत गर्दै तामाङको सोनाम र शेर्पाको ग्याल्बो ल्होछार

फोटोमा हेर्नुस कुकुर वर्षलाई स्वागत गर्दै तामाङको सोनाम र शेर्पाको ग्याल्बो ल्होछार


कुकुर वर्षको स्वागत गर्दै तामाङ समुदायले सोनाम ल्होछार र शेर्पा समुदायले ग्याल्बो ल्होछार शुक्रबार मनाए। काठमाडौंको तीनकुनेमा तामाङ समुदायले सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो।

आजको दिन तामाङ, शेर्पा र ह्योल्मो समुदायले घरघरमा तथा गुम्बाहरुका गएर पुजापाठ गर्ने, प्रसाद खाने, शुभकामना आदनप्रदान गर्ने, मीठा परिकार खाने तथा नाचगान गरेर हर्षोल्लासका साथ मनाउने गर्छन्। 

तरुल, फापरबाट बनेको आलुम र गेङ (रोटी), भटमास र गुन्द्रुक साँधेको, खाप्सी आदि मौलिक खाना खाने प्रचलन छ यस पर्वमा। आजदेखि ल्होछार मान्ने समुदायले चरा वर्षको विदाइ र कुकुर वर्षलाई स्वागत गरेका छन्।

हरेक वर्ष एउटा जनावर तथा पशुपंक्षीको नाममा ल्हो अर्थात् वर्ष फेरिने मान्यता अनुसार यो वर्ष चरा वर्षको बिदाइ गरी कुकुर वर्षको स्वागत गरिएको सोनाम ल्होछारका ज्ञाता खेन्पो सोनाम ग्युर्मेले जानकारी दिए। 

प्रविण रानाभाटले खिचेका फोटो


ट्रेन्डिङ पोस्ट

Ncell