PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राजा त्रिभुवनले फागुन ७ गरेको शाही घोषणाको अडियो : गणतन्त्रात्मक विधान अनुसार शासन



राजा त्रिभुवनले फागुन ७ गरेको शाही घोषणाको अडियो : गणतन्त्रात्मक विधान अनुसार शासन

राणा शासकलाई छक्याउँदै भारत भागेका राजा त्रिभुवन फागुन ४ गते काठमाडौँ फर्किएका थिए। त्यसको तीन दिनपछि उनले शाही घोषणामार्फत् 'हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएको' बताएका थिए। 

राजा त्रिभुवनले २००७ फागुन ७ गते गरेको शाही घोषणाको नाट्य रुपान्तर अडियो सुन्नुस्-



के थियो राजाको त्रिभुवनको सम्बोधनका मुख्य बुँदाहरु: 

- हाम्रा प्रजाको शासन अबउप्रान्त निजहरूले निर्वाचन गरेको एक बैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय।

- विधान तयार नभएसम्म अहिले हामीलाई हाम्रो कार्य-सम्पादन गर्नमा मदद र सल्लाह दिनाका निमित्त दुनियाँको विश्‍वा दुनियाँका प्रतिनिधिहरूसमेत सम्मिलित भएको एक मन्त्रिमण्डलको संगठन होओस् भन्ने हाम्रो इच्छा र निर्णय भएकोले, तसर्थ हामीबाट यो घोषणाद्वारा हामीलाई हाम्रो कार्यको सम्पादनमा मदद गर्न हाम्रा अति विश्‍वासपात्र र प्रिय श्री ३ महाराज मोहनशमशेर जंगबहादुर राणा हाम्रो प्राइममिनिष्टर।

- यो राज्यको शासन सम्बन्धी विषयहरुमा मन्त्रिमण्डलका सबै निर्णयहरु हामीलाई जाहेर गर्ने हाम्रो प्राइममिनिष्टरको कर्तव्य हुनेछ। यो राज्यको शासन सम्बन्धी विषयहरुका बारेमा हामीले खोजिबक्सका सबै समाचार पनि उनिले हामीलाई जाहेर गर्ने उनको कर्तव्य हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell