PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

पूर्व गृह मन्त्री जनार्दन शर्मा अस्पतालमा : अध्यक्ष दाहालले दिए स्वास्थ्य लाभको कामना



पहिलोपोस्ट

पूर्व गृह मन्त्री जनार्दन शर्मा अस्पतालमा : अध्यक्ष दाहालले दिए स्वास्थ्य लाभको कामना

काठमाडौं : पूर्व गृह मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माको स्वास्थ्यमा समस्या देखिएको छ।

शर्मालाई केही समयदेखि साँझमा पसिना आउन थालेपछि उनी उपचारका लागि अस्पताल पुगेका हुन्। शर्माका सहयोगी श्रीकुमार कठयातले भने, 'बेलुका पसिना आउने समस्या देखिएपछि नियमित चेकका लागि अस्पताल लगिएको हो।'
 
केही समयदेखि शिक्षण अस्पतालमा प्राध्यापक डाक्टर शशी शर्मासँग उपचार गरिरहेका उनी मंगलवार भने मेडिसिटी अस्पतालमा पुगेका हुन्। नेता शर्मा अस्पताल पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्पताल नै पुगेर शर्माको स्वास्थ्य लाभको कामना गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell