PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सर्वोच्चको पेशी बुझेनन् डा केसीले: कारण यस्तो छ



सागर बुढाथोकी

सर्वोच्चको पेशी बुझेनन् डा केसीले: कारण यस्तो छ

काठमाडौं: अदालतको मानहानीको मुद्दामा  फागुन ८ गते तारिख पाएका डाक्टर गोविन्द केसीले सर्वोच्चको पेशी अस्वीकार गरेका छन्। 
प्रधान्यायाधीश गोपाल पराजुली पदमा रहँदासम्म पेशी नलिने भन्दै डाक्टर केसीले पेशी अस्वीकार गरेका हुन्।

प्रधान्यायाधीश पराजुलीको निर्देशन बमोजिम फागुन १६ मा मुद्दा सक्ने डिजाइन भएको कारण मुद्दा अस्वीकार गरेको अधिवक्ता ओमप्रकाश अर्यालले बताए। अर्यालले भने, ‘यो मुद्दामा बहस पराजुलीविरुद्ध हुने हो। पराजुली प्रधान्यायाधीशको पदमा भएपछि स्वतन्त्र बहस हुन्न। न्याय निष्पक्ष हुन्न। पराजुलीले राजीनामा नदिएसम्म पेशी नलिने डा. केसीको अडान छ।’

प्रधानन्यायाधीश पराजुलीले फेसबुकमा टेलिभिजन अन्तर्वार्तामा डा केसी नै माफिया हो भनेको भिडियो सेयर गरेको र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको विषयमा आपत्ति जनाएका छन्। प्रधान्यायाधीश जस्तो मान्छेले यस्तो गतिविधि गरेपछि डा. केसीले पेशी स्वीकार नगरेको अर्यालले बताए।

पुस २६ गतेको सर्वोच्चको आदेश अनुसार केसी अदालतमा हाजिर भएका थिए।अदालतले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको रोहबरमा आज अदालतमा उपस्थित गराउने गरी साधारण तारेखमा रिहा गरेको थियो।

चिकित्स शास्त्र अध्ययन संस्थानको (आइओएम) डीनमा डा‍. शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि केसी र अदालतबीच द्वन्द्व सुरु भएको थियो। केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले पदीय मर्यादा विपरीत ‘माफियाको मतियार’का रुपमा काम गरेको भन्दै आलोचना गरेका थिए। अदालतको आदेशविरुद्ध केसीले अनशन थालेका थिए।

केसीको अनशनपछि सर्वोच्च प्रशासनले टिप्पणी तयार पारेर अपहेलना मुद्दा चलाएको थियो। अपहेलना मुद्दामा आदेश गर्दै अदालतले केसीलाई अनशनस्थलबाटै पक्राउ गरेको थियो। पक्राउको सर्वत्र आलोचना भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell