PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बास्केटबल लिग : हिमालयन हाउण्ड्समाथि बिशाल मिलन केन्द्रको रोमाञ्चक जित



पहिलोपोस्ट

बास्केटबल लिग : हिमालयन हाउण्ड्समाथि बिशाल मिलन केन्द्रको रोमाञ्चक जित

काठमाडौं : क्वीक्स होम एण्ड अवे बास्केटबल लिग अन्तर्गत मंगलवार भएको खेलमा बिशाल मिलन केन्द्रले हिमालयन हाउण्ड्समाथि रोमाञ्चक जित हात पारेको छ। सुरुको ३ क्वाटरमा पछि परेको बिशाल मिलन केन्द्रले चौथो क्वाटरमा अग्रता बनाउँदै हिमालयन हाउण्ड्सलाई ६१-५७ ले पराजित गरेको हो।

घरेलु कोर्ट शंकरदेव क्याम्पसमा भएको खेलमा हाउण्ड्सले पहिलो क्वाटर १९-१४ तथा दोस्रो क्वाटर १४-१२ ले आफ्नो पक्षमा पार्दै ३३-२६ को अग्रता बनाएको थियो। तेस्रो क्वाटरमा बिशाल मिलन केन्द्रले पुनरागमन गर्दै १३-१३ को बराबरी गरेपछि हाउण्ड्स ४६-३९ ले अगाडी थियो।

तर चौथो क्वाटरमा शानदार पुनरागमन गर्दै २२-११ ले अगाडी रहदै बिशाल मिलन केन्द्रले ६१-५७ ले खेल जितेको हो। पहिलो खेलमा आर्मीसँग पराजित बिशाल मिलन केन्द्रको यो पहिलो जित हो भने हाउण्ड्सको लगातार दोस्रो हार हो।

बिशाल मिलन केन्द्रको जितमाविकाश गुरुङले १८ तथा विवेक श्रेठले १६ अंक स्कोर गरे। यस्तै विमल कार्कीले १२ अंकको योगदान दिए।  हाउण्ड्सका लागि विजय बुर्जाले २० तथा शौरभ श्रेष्ठले १८ अंक स्कोर गरेपनि जितका लागि पर्याप्त भएन।

प्रतियोगिताअन्तर्गत बुधवारको पहिलो खेल टिम बुढानिलकण्ठ मुनिसिपालिटी र कीर्तिपुर बास्केटबल टिमबीच गोल्फुटारमा हुनेछ भने दोस्रो खेलमा साउथ साइडर्स बास्केटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच सेन्ट जेभियर कलेज, माइतिघरमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell