PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डीपीएलमा लाख कमाउने यी हुन् ३२ खेलाडी



पहिलोपोस्ट

डीपीएलमा लाख कमाउने यी हुन् ३२ खेलाडी

काठमाडौं: आगामी चैत १७ गतेदेखि धनगढीमा हुने धनगढी प्रिमियर लिग डीपीएल २ का लागि बुधवार काठमाडौंको अन्नपुर्ण होटलमा अक्सन सम्पन्न भएको छ। अक्सनका लागि दर्ता भएका कूल १८७ खेलाडीमध्ये ७२ खेलाडी मात्र अक्सनमा बिके।

सहभागी ६ टोलीले अक्सनबाट १२-१२ खेलाडी आफ्नो टिममा राखे। यसअघि नै सबै टिमले १-१ रणनीतिक खेलाडी छनोट गरिसकेका छन्। अब आयोजकको नियमअनुसार प्रत्येक टिमले २-२ विदेशी खेलाडी राख्नुपर्नेछ।

रणनीतिक खेलाडीको न्युनतम मूल्य यसअघि नै तोकिसकेको छ र उनीहरुले २-२ लाख पाउनेछन्। यी ६ रणनीतिक खेलाडीसहित डीपीएलमा कूल ३२ खेलाडी लाख वा त्यो भन्दा माथि कमाउने भएका छन्। रणनीतिक ६ बाहेक २६ खेलाडी लाख वा त्यो भन्दा बढी रकममा बिके। अक्सनमा सबैभन्दा महँगा बनेका चार खेलाडी: करण केसी, बसन्त रेग्मी, सागर पुन र आरिफ शेख समान १ लाख ५० हजारमा बिके। यस्तै पृथु बास्कोटा र नरेश बुढाएर समान १ लाख २० हजारमा बिके। बाँकी खेलाडीले भने समान १ लाखमा बिक्री भए।

रणनीतिक खेलाडीको रुपमा चयन भएका पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सोमपाल कामी, विनोद भण्डारी र दीपेन्द्र सिंह ऐरीको न्युनतम मूल्य २ लाख छ। सहभागी टिमले उनीहरुलाई यसभन्दा बढी रकम समेत दिन सक्नेछन्।

यसबाहेक बाँकी २६ खेलाडी भने अक्सनमार्फत लखपति बनेका हुन्।

 

डीपीएलमा अक्सनमा लाखमा बिक्री भएका यी खेलाडी

विराटनगर किङ्स

बसन्त रेग्मी १ लाख ५० हजार

पृथु बास्कोटा १ लाख २० हजार

पवन सराफ १ लाख

रामनरेश गिरी १ लाख

शौरभ खनाल १ लाख

दीलिप नाथ १ लाख

अनिल कुमार शाह १ लाख

 

सिवाईसी अत्तरिया

कुश भुर्तेल १ लाख

कृष्ण कार्की १ लाख

 

काठमाडौं गोल्डेन्स

नरेश बुढाएर १ लाख २० हजार

ललित नारायण राजवंशी १ लाख

अमित श्रेष्ठ १ लाख

किशोर महतो १ लाख

शहाब आलम १ लाख

 

महेन्द्रनगर युनाइटेड

करण केसी १ लाख ५० हजार

आरिफ शेख १ लाख ५० हजार

भुवन कार्की १ लाख

रोहित कुमार पौडेल १ लाख

 

रुपन्देही च्यालेन्जर्स

सागर पुन १ लाख ५० हजार

विक्रम कुमार भुसाल १ लाख

सुशन भारी १ लाख

सिद्धान्त लोहनी १ लाख

 

टिम चौराह धनगढी

योगेन्द्र सिंह कार्की १ लाख

ललित भण्डारी १ लाख

सोनु तामाङ १ लाख

सुनिल धमला १ लाख



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell