PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जन्ममिति त्रुटि भएको स्वीकारे डा केसीले: भने-म विरुद्ध तीर्थ खनियाको ‘डिजाइन’



सागर बुढाथोकी

जन्ममिति त्रुटि भएको स्वीकारे डा केसीले: भने-म विरुद्ध तीर्थ खनियाको ‘डिजाइन’

काठमाडौं: प्राध्यापक डा गोविन्द केसीले आफ्नो नागरिकता र प्रमाणपत्र सार्वजानिक गरेका छन्। शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो बारेमा आएको भ्रामक समाचारको खण्डनसमेत गरे। 

सबै शैक्षिक प्रमाणपत्रहरुमा जन्ममिति २०१३ असोज २७ रहेको डाक्टर केसीले प्रष्ट पारेका छन्। चारित्रिक प्रमाणपत्रमा २०१३ माघ २४ गतेको जन्ममिति रहेको उनले स्विकार गरेका छन्। 

डा केसीले चारित्रिक प्रमाणपत्रमा भएको त्रुटिका कारण सेवा दिन असक्षम ठहरिए आजै पदबाट राजीनामा दिने घोषणा गरेका छन्। छानविन गर्न आग्रह गर्दै आवश्यक परे पदबाट राजिनामा दिने बताएका हुन्।

'चारित्रिक प्रमाणपत्रमा भएको त्रुटिले सेवा दिन असक्षम भए तत्काल राजीनामा दिन्छु। के अहिलेका विवादास्पद प्रधानन्यायाधीश पराजुलीले पद छाड्न सक्छन्?' उनले भने, ‘त्रिविमा मैले नागरिकता बुझाएको छु। आवश्यक कागजात सबै बुझाएको छु। नागरिकता बिना जागिर खान पाइन्छ र । म विरुद्ध भ्रम फैलाउन त्रिविको उपकुलपति  तीर्थ खनियाले यो डिजाइन गरेका हुन्।'

डा केसीले बढुवाको लागि भरेको आवदेनमा मानवीय त्रुटी सच्याउन पहल गर्नेसमेत बताए। भने, ‘मेरो जन्ममिति२०१३ माघ २४ हुदाँ सेवा अवधि बढ्न सक्थ्यो। तर, त्रिविको अन्तिम बढुवा प्रयोजनमा असोज २७ को मिति राखेको छु। यो अनुसार त मेरो सेवा अवधि घट्छ। त्यसैले मानवीय त्रुटि भएको प्रष्ट छ।’

जागिर लम्ब्याउने लगायत गलत नियतले आफूले उमेर फरक नपारेको डा केसीको दाबी छ। त्यसरी उमेर फरक पारेको भए एसएलसीको चारित्रिक प्रमाणपत्र बमोजिमको जन्ममिति नै अन्य शैक्षिक प्रमाणपत्रहरुमा समेत कायम गरेको हुनुपर्ने उनको तर्क छ।

डा केसीले प्रधानन्यायाधीश पराजुलीलाई पनि यसरी खुला रुपमा प्रस्तुत हुन चुनौति दिएका छन्।

प्रधानन्यायाधीश पराजुलीले नागरिकताको प्रतिलिपि लिँदा सच्याएर कीर्ते बनाएको आरोप लागेको छ भने उनले न्याय परिषदमा एसएलसीको प्रमाणपत्र पनि पेश गरेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell