PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

करण केसीलाई प्रदेश सरकारले पनि एकलाख दिने 



नरहरि पौड्याल

करण केसीलाई प्रदेश सरकारले पनि एकलाख दिने 

कास्कीः नेपालाको तर्फबाट डिभिजन टूमा क्यानडाविरुद्धको खेलमा एक विकेटको जित निकालेर चर्चीत बनेका राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारले सम्मान स्वरुप एक लाख रुपैयाँ दिने भएको छ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा आयोजित कार्यक्रममा प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले केसीलाई प्रदेश सरकारका तर्फबाट रु एक लाख प्रदान गर्ने घोषणा गरेका हुन् । 

यस अघिपनि उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै कार्यक्रम गरेर जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए ।

कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै उनले आगामी चैत महिनामा आउने प्रदेशको नीति, कार्यक्रम तथा बजेटमा खेलकुदको विकासमा जोड दिइने बताए। ‘खेलाडीको मेहनत र परिश्रमले मुलुकलाई खेलकुदको माध्यमबाट विश्वसामु चिनाउन सफल भएकोछ’ उनले भने। ‘खेलकुदको बिकास गर्न आगामी दिनमा सरकारले पोखरा रंगशालालाई अन्तर्रा्ष्ट्रियस्तरको रंगशालाका रुपमा विकास गर्नेछौं।’

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले आवश्यक पूर्वाधारको अभावमा पनि नेपाली खेलाडीले खेलकुदमा महत्वपुर्ण उपलब्धी हासिल गरेको बताए। 

कार्यक्रममा मदन भण्डारी स्पोर्टस् एकेडेमीका तर्पmबाट खेलाडी करणलाई रु १५ हजार नगदले सम्मान गरिएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell