PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अन्तर्घातको रिपोर्ट बुझाउन म्याद थप्यो कांग्रेसले



पहिलोपोस्ट

अन्तर्घातको रिपोर्ट बुझाउन म्याद थप्यो कांग्रेसले

काठमाडौं: नेपाली कांग्रेसले स्थानीय तह, प्रतिनिधि सभा तथा प्रदेश सभामा भोगेको हारको कारणसहित प्रतिवेदन बुझाउन म्याद थप गरेको छ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको संयोजक रमेश रिजालको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

माघ ५ गते सम्पन्न केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले एक महिनाभित्र हारको रिपोर्ट बुझाउन निर्देशन दिएका थिए। एकमहिना बितिसक्दा पनि सबै ठाउँबाट रिपोर्ट प्राप्त नभएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।

बैठकले चैत १५ सम्ममा रिपोर्ट बुझाउन निर्देशन गरेको छ।  'निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध असहयोग र अन्तर्घात गरेको सम्बन्धमा केन्द्रीय अनुशासन समिति समक्ष आवश्यक प्रमाण सहित २०७४ चैत १५ गतेभित्र प्राप्त हुन आएका उजुरीहरु उपर मात्र छानवीन गर्नेछ,' बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell