PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बास्केटबल लिग  : कीर्तिपुरको लगातार तेस्रो जित



पहिलोपोस्ट

बास्केटबल लिग  : कीर्तिपुरको लगातार तेस्रो जित

काठमाडौं : क्वीक्स होम एण्ड अवे बास्केटबल लिगमा एएनके कीर्तिपुर बास्केटबल टिमले लगातार तेस्रो जित हासिल गरेको छ।

शुक्रवार भएको एक मात्र खेलमा कीर्तिपुरले जेभियर इन्टरनेशनल कलेजलाई ६४-५७ अंकले हरायो। जेभियरको भने यो लगातार दोस्रो हार हो।

कीर्तिपुरको घरेलु कोर्टमा भएको खेलमा दुवै टोलीले समान २ क्वाटरमा अग्रता बनाएपनि घरेलु टोलीले जित हात पार्‍यो।

पहिलो क्वाटरमा १७-११ को अग्रता बनाएको घरेलु टोली दोस्रो क्वाटरमा २०-१६ ले पछि पर्दा खेल ३३-३१ को अवस्थामा पुगेको थियो। तेस्रो क्वाटरमा १८-८ को फराकिलो अग्रता कायम गर्दै कीर्तिपुरले ५१-३९ को लिड लियो। चौथो क्वाटर जेभियरले १८-१३ ले आफ्नो पक्षमा पारेपनि कीर्तिपुरलाई जितबाट रोक्न सकेन।

विजयी टिम कीर्तिपुरका सुमङ्ग बोगटीले सर्वाधिक १८ अंक स्कोर गरे।

लिगमा अपराजित रहदै लगातार ३ खेल जितेको आर्मी र कीर्तिपुरको समान ९ अंक छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell