PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वनस्थलीमा मोटरसाइकलले ठक्कर दिँदा चालकको मृत्यु, पैदलयात्री घाइते



काठमाडौँ : काठमाडौको वनस्थलीमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रित भई पल्टँदा चालकको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन्।

वनस्थली ढुङगेधारा बस्ने २२ वर्षीय चालक रग्जु महर्जनको मृत्यु भएको हो। गम्भीर घाइते भएका महर्जनको उपचारको क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट घाइते भएकी बालाजु बस्ने ४६ वर्षीया ईन्द्रकुमारी राइको न्युरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ।

आज दिउँसो साढे ३ बजे स्वयम्भूबाट वनस्थलीतर्फ आउँदै गरेको बा ६१ प ८४८० नम्बरको मोटरसाइकल पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित भइ पार्किङ्ग गरी राखेको अर्को मोटरसाइकलमा ठोक्किँदा दुर्घटना भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell