PahiloPost

Dec 14, 2018 | २८ मंसिर २०७५


दुबई प्रहरीद्वारा श्रीदेवी केस अनुसन्धान बन्द, शव राति मुम्बई पुर्‍याइने, अन्त्येष्टि भोलि


दुबई प्रहरीद्वारा श्रीदेवी केस अनुसन्धान बन्द, शव राति मुम्बई पुर्‍याइने, अन्त्येष्टि भोलि
स्केच : टाइम्सअफइन्डिया

आइतबार राति अबेर निधन भएका भारतीय अभिनेत्री श्रीदेवीको फरेन्सिक रिपोर्टमा मृत्युको कारण दुर्घटना देखिएको र शंकास्पद अन्य विषय नदेखिएकोले दुबई प्रहरीले अनुसन्धान बन्द गरेको खलिज टाइम्सले जनाएको छ। 

केस आधिकारिक रुपमा बन्द भएपछि उनको शव मंगलबार राति नै मुम्बई ल्याइँदैछ। 

दुबईको विमानस्थलबाट उडेको श्रीदेवीको शवसहित चार्टर गरिएको विमान मुम्बईमा भारतीय समय अनुसार राति साढे नौ बजे अवतरण गर्दैछ। 
मुम्बईको सेलिब्रेसन्स स्पोर्टस क्लबमा बिहान साढे नौ बजेदेखि साढे १२ बजेसम्म शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि राखिनेछ। साढे ३ बजेपछि अन्त्येष्टिका लागि लगिनेछ। 

सुरुमा ह्रदयघातका कारण श्रीदेवीको मृत्यु भएको भनिए पनि फरेन्सिक रिपोर्टमा दुर्घटनावश बाथटबमा डुबेको र त्यसपछि होस गुमाएका कारण भएको उल्लेख छ। 
 



दुबई प्रहरीद्वारा श्रीदेवी केस अनुसन्धान बन्द, शव राति मुम्बई पुर्‍याइने, अन्त्येष्टि भोलि को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट