PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु



पहिलोपोस्ट

मोरङः जिल्लाको केराबारी गाउँपालिका–८ स्थित केराबारी-खोर्साने सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको गए राति मृत्यु भएको छ। 

केराबारीबाट खोर्सानेतर्फ जाँदै गरेको को १५ प १०९० नं को मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको को २ त २००५ नंको ट्र्याक्टरले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका-४ बस्ने २९ वर्षीय किशोर खवासको मृत्यु भएको इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी नायब निरीक्षक मणिकुमार कोइरालाले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका खवासको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २१ वर्षीय विनोद चौधरी र पछाडि सवार २५ वर्षीय ललित चौधरी घाइते भएका छन्। 

उनीहरुको धरानमै उपचार भइरहेको छ। ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब निरीक्षक कोइरालाले जानकारी दिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell