PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु



रासस

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

चितवनः पूर्वी चितवनको राप्ती नगरपालिका-२, गड्यौलीस्थित पूर्व पश्चिम लोकमार्गमा आज बिहान ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार नेपालगन्जबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख २१७४ नंको ट्रकले ठक्कर दिँदा स्थानीय ७० वर्षीया पार्वती बर्तौलाको घटनास्थलमा नै मृत्यु भएको हो। 

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहान ९ बजे घटना भएपछि स्थानीयवासीले केही बेर राजमार्ग अवरुद्ध पारेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell