PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतीय जिपको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु



पहिलोपोस्ट

भारतीय जिपको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु

भीमदत्तनगरः भारतीय नम्बरको जिपको ठक्करबाट बिहीबार राति कञ्चनपुरको भीमदत्तनगरपालिका–६ का ४५ वर्षीय मोहन चन्दको मृत्यु भएको छ।

गड्डाचौकीबाट भीमदत्तनगरतर्फ आइरहेको युके ०३७१०१ नम्बरको भारतीय जिपको ठक्करले पूर्व–पश्चिम राजमार्गमा हिँडिरहेका चन्दको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिप चालकको खोजी भइरहेको जनाएको छ। मृतकका आफन्तले चालकलाई नियन्त्रणमा लिएर कारबाहीको माग गर्दै शव दुर्घटनास्थलबाट उठाउन दिएका छैनन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell