PahiloPost

Jun 25, 2018 | ११ असार २०७५

पर्सा ठोरीकी सिमरन स्याङबो बनिन् यस वर्षको मिस तामाङ


पहिलोपोस्ट /पहिलोपोस्ट

पर्सा ठोरीकी सिमरन स्याङबो बनिन् यस वर्षको मिस तामाङ

काठमाडौं: शनिबार साँझ राजधानीको सोल्टी होटलमा आयोजित मिस तामाङ २०१८ को ग्रान्ड फिनालेमा २७ प्रतिस्पर्धीलाई पछि पार्दै पर्सा ठोरी गाउँपालिका ४ की सिमरन स्याङ्बोले मिस तामाङको ताज पहिरिन सफल भइन्।

बिजेता घोषणा लगत्तै उनलाई मिस तामाङ २०१७ पिंकी घिसिङले ताज पहिरिदिइन् । मिस नेपाल सिमरनले एक लाख नगद पुरस्कार पाउने भएकी छिन्।

एघारौं संस्करणको मिस तामाङ नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगतामा २८ सहभागी थिए।

`यदि मिस तामाङ बन्नु भयो भने तामाङ समूदाय र नेपालका लागि के योगदान गर्न सक्नुहुन्छ ?´ भन्ने प्रश्नको जवाफ दिएर निर्णायको मन जित्न सफल सिमरन एक वर्षसम्म सिभिल ग्रुपको ब्राण्ड एम्बास्टरसमेत भइकी छिन्।

प्रतियोगिताकी फस्ट रनरअप नुवाकोटकी रञ्जिता लामा भइन्। सेकेण्ड काठमाडौंकी कुञ्छान लामा भइन्।

कार्यक्रमको निर्णायकमण्डल सिभिल होमका अध्यक्ष इच्छाराम तामाङ, २०१२ मिस तामाङ सुमी मोक्तान, नायिका  ओसिमा बानु, समाजसेवी प्रविण मोक्तान र भुपाल तामाङ थिए।

कार्यक्रममा विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ र २०७० मा निर्वाचित १६ पूर्व तामाङ सभासद र वर्तमान सांसदलगायतलार्इ सम्मान गरियो।

तामाङ जातिको कला, संस्कृति, भेषभुषा,  रीति र धर्मलाई संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००७ बाट मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आइरहेको छ।



पर्सा ठोरीकी सिमरन स्याङबो बनिन् यस वर्षको मिस तामाङ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट