PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आन्ध्र प्रदेश सरकारबाट बाहिरियो भाजपा, मोदी सरकारबाट बाहिरिँदै तेलगु देशम पार्टी



पहिलोपोस्ट

आन्ध्र प्रदेश सरकारबाट बाहिरियो भाजपा, मोदी सरकारबाट बाहिरिँदै तेलगु देशम पार्टी
तेलगु देशम पार्टीका सांसदहरु संसदको बजेट अधिवेशनको दोस्रो सत्र सुरु हुनु अघि संसद भवन बाहिर नारावाजी गर्दै। फोटोः हिन्दुस्तान टाइम्स

नयाँ दिल्लीः आन्ध्र प्रदेश सरकारमा भारतीय जनता पार्टी (भाजपा)बाट सहभागि भएका मन्त्रीहरुले राजिनामा दिएका छन्। 

मन्त्रिपरिषद्बाट भाजपाका मन्त्री कामिनिनी श्रीनिवास र पी माणिकलाल रावले राजिनामा दिएका हुन्। 

योसँगै केन्द्रमा मोदी सरकारमा आन्ध्र प्रदेशको तेलगु देशम पार्टी (टीडीपी)का तर्फबाट सहभागि मन्त्रीहरुले समेत राजिनामा दिने तयारी गरेका छन्। 

प्रदेशलार्इ विशेष राज्यको दर्जा दिन माग गरेको विषयलार्इ लिएर राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा समेत विवाद बढेको छ। 

यही विवादका बीच भाजपाका मन्त्रीहरुले प्रदेश सरकारबाट राजिनामा दिएका हुन्। 

यता केन्द्र सरकारका मन्त्रीहरु अशोक गणपति राजु र वार्इएस चौधरीले लोकसभा र राज्यसभामा सम्वोधन गर्दै राजिनामा दिने तयारी गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। 

टीडीपी प्रमुख तथा प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा छलफल गरेपछि आफ्ना मन्त्रीहरुलार्इ राजिनामा दिन आदेश दिने बताइएको छ। 

यता काँग्रेसले १३ मार्चमा विपक्षी दलको बैठक बोलाएको छ। बैठकमा टीडीपीलार्इ समेत निम्तो दिइएको छ। 

मुख्यमन्त्री नायडुले आफ्ना माग पूरा नभएको भन्दै सरकारबाट बाहिरिने निर्णय गरिएको र अब एनडीए गठबन्धनमा रहने या नरहने भन्ने विषयमा समेत निर्णय गरिने बताएका छन्। 

लोकसभामा १६ सांसद रहेको टीडीपीसँग राज्यसभामा ६ सांसाद छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell