PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हामी सय रुपैयाँको आयात गर्छौ, ७ रुपैयाँको निर्यात गर्छौ: अनि कसरी थेग्ने?- अर्थमन्त्री खतिवडा



पहिलोपोस्ट

हामी सय रुपैयाँको आयात गर्छौ, ७ रुपैयाँको निर्यात गर्छौ: अनि कसरी थेग्ने?- अर्थमन्त्री खतिवडा

काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको पहिलो एजेण्डा निर्यात प्रवर्द्धन गराउनु रहेको बताए। सातौं नेपाल अन्तरार्ष्ट्रिय व्यापार मेला उद्घाटन समारोहमा अर्थमन्त्री खतिवडाले दिगो विकासको सन्दर्भमा निर्यात प्रर्वद्धन गर्न आवश्यक रहेको बताएका हुन्। 

‘अहिले हामी सय रुपैयाँको आयात गर्छौ। सात रुपैयाँको निर्यात गछौँ, ' अर्थमन्त्री खतिवडाले भने, ‘पर्यटक ल्याउँदा, वैदेशिक रोजगारीमा मान्छे पठाउँदा र विदेशी अनुदान लिँदा पनि बस्तु आयातलाई थेग्न छोड्यो। सम्पूर्ण रुपमा हाम्रो सेवाले पनि हाम्रो बस्तु धान्न छोड्यो र चालु खातामा पनि हामी घाटामा छौँ।’

उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न उत्सुक रहेको उनले बताए। उनले भने, ‘निजी क्षेत्रसँग सरकार प्रतिस्पर्धी हुदैन। निजी क्षेत्रले गर्नु नसक्ने काममा सरकारले हात हाल्छ। गर्न सक्ने काममा परिपुरक भुमिकामा सरकार आउछ। र निजी क्षेत्र एक्लैले गर्ने कामहरुमा सरकार प्रबर्द्धक भएर अनुकुल वातावरण बनाई दिन्छ।’ 

अहिले विदेशी लगानी प्रयाप्त मात्रामा चाहिएको बताउदैँ मन्त्री खतिवडाले भने, नेपालको वातावरण विनास नगरी निर्यातमा सहयोग पुर्याउने, प्रविधि हस्तान्तरणमा सहयोग पुर्याउने र नेपालको सामाजिक आर्थिक रुपान्तरणमा सहयोग पुर्याउने खालको विदेशी लगानीलाई हामी प्रवर्द्धन गछौँ।' 

मन्त्री खतिवडाले लगानीकर्तालाई लगानी गर्ने अनुकुल वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताए। उनले भने, ‘हामी अहिले लागानी बोर्ड ऐन संशोधनको तयारीमा छौँ। आवश्यक परेको खण्डमा कम्पनी ऐन, विदेशी विनिमय ऐन र लगानीकर्ताको लागि असहज बनेका अन्य कानुनहरु पनि संशोधन गर्छौ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell