PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

महिला स्क्वाट : नेहा बानु र सेलिना हाडालाई उपाधि


पहिलोपोस्ट

महिला स्क्वाट : नेहा बानु र सेलिना हाडालाई उपाधि

काठमाडौं : महिला दिवसको अवसर पारेर आयोजना गरिएको दुई दिने पिरियड पावर तेस्रो अन्तरक्लब महिला स्क्वाट बिहीवार सम्पन्न भएको छ।

सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न प्रतिस्पर्धामा दुई फरक विधा समावेश गरिएको थियो।

बुधवार भएको छनोट चरणको प्रतिस्पर्धापछि दोस्रो दिन फाइनल चरणका प्रतिस्पर्धा भएको हो।

पहिलो चरणबाट ६० केजीभन्दा कम तौल समूहको विधामा १३ खेलाडी फाइनल चरणमा प्रवेश गरेका थिए भने ६० केजीभन्दा बढी तौल समूहको विधामा २५ खेलाडी फाइनलमा प्रवेश गरेका थिए।

६० केजीभन्दा कम तौलको विधामा क्रमशः नेहा बानु (१२० के.जी), अरुणा बस्नेत (११५ के.जी) र ज्योति थापा (१०० के.जी) पहिलो, दोस्रो र तेस्रो भए।

यस्तै ६० केजीभन्दा बढी तौलको विधामा क्रमशः सेलिना हाडा (१४० के.जी), उमा महर्जन (१२५ के.जी)  र अन्जना राई (१२२.५ के.जी) पहिलो, दोस्रो र तेस्रो भए।

दुवै विधामा पहिलो हुनेले समान ५० हजार हात पारे भने दवस्रो हुनेले ३० तथा तेस्रो हुनेले २० हजार प्राप्त गरे।

ज्यास्मिन फिट्नेस सेन्टर तथा आइडिया शप मिडिया एण्ड एन्टरटेनमेन्ट द्धारा सहआयोजित यस प्रतियोगितालाई आगामी वर्ष पनि अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारि अझै भव्य रुपमा आयोजना गरिने आयोजकले जनाएको छ।



महिला स्क्वाट : नेहा बानु र सेलिना हाडालाई उपाधि को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट