PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फ्राइडे रिलिज: एकैदिन ६ नयाँ फिल्म रिलिज



पहिलोपोस्ट

फ्राइडे रिलिज: एकैदिन ६ नयाँ फिल्म रिलिज

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत ३ नेपाली फिल्म एकसाथ सार्वजनिक भए। फिल्म 'गाँजा बाजा', 'मंगलम' र 'हुर्रे' रिलिज भएका हुन्।

सबै नेपाली फिल्मले मल्टिप्लेक्स एवं सिंगल स्क्रिनमा सो पाएका छन्। फिल्म गाँजा बाजा दुई बेरोजगार युवाहरुको कथा हो। जो गाँजाको खोजीमा भौतारिन्छन्। गणेशदेव पाण्डे निर्देशित फिल्ममा सुशील सिटौला, वर्षा शिवाकोटी, रक्षा श्रेष्ठ, अनुपम शर्मा लगायतको अभिनय रहेको छ।

त्यस्तै फिल्म हुर्रेमा कलाकारहरु अनुप विक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्का देखिएका छन्। कमेडी जनराको फिल्ममा लेखन तथा निर्देशन यम थापाको रहेको छ।

मंगलम त्रिकोणात्मक प्रेमकथा हो। कलाकारहरु शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्वीराज प्रसाईं, निर शाह, मिथिला शर्मा र साम्राज्ञी राज्यलक्ष्मी फिचर्ड छन्।

नवल नेपालले निर्देशित फिल्म मंगलमलाई छबिराज ओझाले निर्माण गरेका हुन्। फिल्ममा शिल्पा पोखरेल सहनिर्मात्री रहेकी छिन्।

बलिउडतर्फ कुनै पनि फिल्म रिलिज भएन।

हलिउडका लागि पनि ३ फिल्म एकसाथ नेपाल रिलिज भएका छन्। फिल्महरु 'रेड स्प्यारो', 'अ रिङ्कल इन टाइम' र 'द हुरिक्यान हिस्ट' रिलिज भएका हुन्। अमेरिकन स्पाइ थ्रिलर फिल्म रेड स्प्यारो उपन्यासमा आधारित फिल्म हो। फिल्मलाई फ्रान्सिस लरेन्सले निर्देशन गरेका हुन्।

अमेरिकन साइन्स फ्यान्टासी ड्रामा अ रिङ्कल इन टाइम पनि किताब द सेम नेममा आधारित छ। फिल्मलाई अभ दुभर्नेले निर्देशन गरेका हुन्।

अमेरिकन एक्सन फिल्म द हुरिक्यान हिस्टलाई भने रब कोहेनले निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell