PahiloPost

Sep 19, 2018 | ३ असोज २०७५

महिला टी-२० क्रिकेट लिग : एपीएफ र मिलन क्रिकेट एकेडेमी फाइनलमा


पहिलोपोस्ट

महिला टी-२० क्रिकेट लिग : एपीएफ र मिलन क्रिकेट एकेडेमी फाइनलमा
एपीएफकी कप्तान सीता राना मगर ब्याटिङ गर्दै

चितवन : राइजिङ क्रिकेट फर वुमन (आरसिडब्लु)को आयोजनामा भइरहेको महिला टी-२० क्रिकेट लिगमा विभागीय टोली एपीएफ र मिलन क्रिकेट एकेडेमी फाइनल पुगेका छन्।

चार टिम सम्मिलित लिगमा एपीएफ पहिलो तथा मिलन क्रिकेट एकेडेमी दोस्रो हुँदै फाइनल पुगेका हुन्।

लिगमा अपराजित रहदै फाइनल पुग्ने क्रममा एपीएफले अन्तिम खेलमा आयोजक आरसिडब्लुलाई ८ विकेटले हरायो।

यस्तै पहिलो खेलमा एपीएफसँग हारेपनि त्यसपछिका दुई खेल जित्दै मिलन क्रिकेट एकेडेमीले पनि फाइनलमा स्थान बनाएको हो।

चितवनको टाँडीस्थित नेपाल माध्यमिक विद्यालयको क्रिकेट मैदानमा शुक्रवार भएको पहिलो खेलमा एपीएफले आयोजक टोली आरसिडब्लुलाई ८ विकेटले पराजित गरेको हो। यसअघि एपीएफले लिगमा मिलन क्रिकेट एकेडेमी र भारतीय टिमलाई हराएको थियो।

ओपनर सीता राना मगरले नटआउट ५१ रन बनाएपछि १२७ रनको लक्ष्य एपीएफले २ विकेट गुमाएर पुरा गर्‍यो। यस्तै करुणा भण्डारीले नटआउट ३२ रन बनाइन् भने ज्योती पाण्डेले १६ रन जोडिन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयोजक टोलीले २० ओभरमा १२६ रन बनाएको थियो। आरसिडब्लुका लागि ममता चौधरीले सर्वाधिक २८ रन बनाइन्। यस्तै लक्ष्मी चौधरी र सुमन खतिवडाले समान २६ तथा सोमु विष्टले २० रन जोडिन्।

१ विकेट समेत लिदै अर्धशतक बनाएकी एपीएफकी सीता राना वुमन अफ दि म्याच घोषित भइन्।

यस्तै दोस्रो खेलमा नेरी थापा मगरले अलराउण्ड प्रदर्शन गरेपछि भारतीय टोली एडब्लुटिसिएलाई ६ विकेटले हरायो। सय रनको लक्ष्य मिलन क्रिकेट एकेडेमीले १३.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। मिलन क्रिकेट एकेडेमीको जितमा नेरी थापाले सर्वाधिक ३७ रन बनाइन् भने रुविना क्षेत्रीले २३ तथा काजोल श्रेष्ठले २० रन जोडिन्।

मिलन क्रिकेट एकेडेमीकी नेरी थापा ब्याटिङ गर्दै

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले ९९ रन बनाएको थियो। उसका लागि सोम्या र सुनिताले समान २७ रन बनाइन् भने कृतीले २१ रन जोडिन्। बलिङमा शान्ती राईले ३ तथा नेरी थापाले २ विकेट लिइन्।

अलराउण्ड प्रदर्शन गरेकी नेरी थापा वुमन अफ दि म्याच घोषित भइन्।

 

 



महिला टी-२० क्रिकेट लिग : एपीएफ र मिलन क्रिकेट एकेडेमी फाइनलमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट