PahiloPost

Sep 19, 2018 | ३ असोज २०७५

नम्बर वान गल्फर शिवरामलाई प्लेअफमा पछि पार्दै धन बहादुरले जिते वेस्टर्न ओपन गल्फको उपाधि


पहिलोपोस्ट

नम्बर वान गल्फर शिवरामलाई प्लेअफमा पछि पार्दै धन बहादुरले जिते वेस्टर्न ओपन गल्फको उपाधि
फोटो : एनएसजेएफ

पोखरा: नेपाल नम्बर १ गल्फर शिवराम श्रेष्ठलाई प्ले अफको अतिरिक्त दोस्रो होलमा हराउँदै धन बहादुर थापाले वेस्टर्न ओपन गल्फको उपाधि जितेका छन्। धन बहादुरको यो करियरको तेस्रो उपाधी हो।

अन्तिम दिन शिवरामले २ अन्डर ७० र धनले १ ओभर ७१ अंक जोड्दा दुवैले समग्रमा ६ ओभर २१६ को स्कोर गरेका थिए।

अन्तिम १८ होलको खेल सुरू गर्दा शिवराम लिडर जयराम भन्दा ५ स्ट्रोकले पछि थिए। दुई दिनका लिडर जयरामले अन्तिम दिन सुरूदेखी खेल बिगार्दा उपाधिको लागि शिवराम र धनबीच  प्रतिस्पर्धा चल्यो। शिवरामले पाँचौ होलको बोगीका विरूद्ध तेस्रो होलको बर्डीले फ्रन्ट नाईन ईभन पार ३५ मा सकाए। धनले पाँचौ होलमा बर्डी प्रहार गरेपनि सातौ होलको बोगी र नवौ होलको डबल बोगीले फ्रन्ट नाईन २ ओभर ३७ मा पूरा गरे। फ्रन्ट नाईन सकिदा शिवराम १ स्ट्रोकले अगाडी थिए। १०औँ होलमा शिवरामले ईगलको सफलता प्राप्त गर्दा धनले पार खेलेसँगै शिवरामको अग्रता ३ स्ट्रोकमा पुग्यो। १२औँ होलमा शिवरामले बोगी खेपे भने धनले पनि १५औँ होलमा एक सट खेर फाल्दा अन्तिम तीन होलको खेल बाँकी छदासम्म शिवराम ३ स्ट्रोकको अग्रतासहित उपाधि नजिक पुगिसकेका थिए। तर धनले १६औँ र १७औँ होलको बर्डी अनि १७औँ होलमा शिवरामले बोगी प्रहार गर्दा खेल बराबरीमा पुग्यो। १८औँ होल दुवैले पार खेले र ५४ होलको समाप्तीमा दुई खेलाडीले ६ ओभर २१६ अंक जोडेपछी खेल प्ले अफमा पुग्यो। पहिलो अतिरिक्त होलको प्ले अफमा दुवैले पार खेले। दोस्रो अतिरिक्त होलको प्ले अफमा शिवरामले बोगी खेल्दा धनले पारमा बाजी मारे।

३ ओभर ७३ अंक जोडी समग्रमा ९ ओभर २१९ को नतिजामा भुवन नगरकोटी तेस्रो भए। दुई दिनका लिडर जयरामले अन्तिम दिन खराब प्रदर्शन गर्दै १२ ओभर ८२ अंक जोड्दा १३ ओभर २२३ को नतिजा निकाल्दै भु बहादुर गुरूङसँगै संयुक्त चौथो भए।

एमेच्योरतर्फ २२४ अंकका साथ ९ स्ट्रोकको फराकिलो अन्तरमा लोकल गल्फर अजित बिकेले करयरको पहिलो उपाधी जिते। काउन्ट ब्याकमा २३३ अंकसहित सुरेश तामाङ दोस्रो भए।

करियरको तेस्रो उपाधी जितेका धनले नगद १ लाख १५ हजार हात गरे। दोस्रो भएका शिवरामले ७४ हजार र तेस्रो भएका भुवनले ५३ हजार प्राप्त गरे।

सुर्य नेपाल गल्फ टुरको सातौं प्रतियोगितामा २६ प्रो र १७ एमेच्योर गरी ४३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। शनिवार प्रो-एम प्रतियोगिता हुनेछ।



नम्बर वान गल्फर शिवरामलाई प्लेअफमा पछि पार्दै धन बहादुरले जिते वेस्टर्न ओपन गल्फको उपाधि को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट