PahiloPost

Dec 14, 2018 | २८ मंसिर २०७५


लिस्ट ए मा पारसको आठौँ अर्धशतक, ११ सय रन पुरा


पहिलोपोस्ट

लिस्ट ए मा पारसको आठौँ अर्धशतक, ११ सय रन पुरा
फोटो : आइसीसी

काठमाडौं : नेपालका कप्तान पारस खड्काले लिस्ट ए क्रिकेटमा आठौँ अर्धशतक बनाएका छन्। आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत अफगानिस्तान विरुद्ध भइरहेको खेलमा उनले ५३ रन बनाउँदै उक्त उपलब्धी हासिल गरे।

२२औँ ओभरको पहिलो बलमा रसिद खानलाई चौका प्रहार गर्दै पारसले अर्धशतक पुरा गरेका हुन्।

नेपालको स्कोर १३-१ हुँदा पाँचौ ओभरमा क्रिजमा पुगेका पारसले ५६ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा ५३ प्रहार गरे।  वर्ल्डकप क्वालिफायरमा पारसको यो लगातार दोस्रो अर्धशतक हो।

जिम्बावे विरुद्ध पहिलो खेलमा ४० रन बनाएका पारसले स्कटल्याण्ड विरुद्ध ६३ रन बनाएका थिए।
 
मोहमद नावीको बलमा सेनवारीको हातबाट क्याचआउट हुनुअघि अफगानिस्तान विरुद्ध पारसले ८२ बल खेल्दै १० चौका र १ छक्काको मद्दतमा ७५ रन बनाए। 

 

लिस्ट ए मा पारसको ११०० रन पुरा

नेपालका कप्तान पारस खड्काले लिस्ट ए क्रिकेटका ११ सय रन पुरा गरेका छन्। क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत अफगानिस्तान विरुद्ध खेलमा ४८ रन बनाएपछि पारसले लिस्ट ए क्रिकेटमा ११०२ रन बनाएका हुन्। उक्त उपलब्धी हात पार्ने पारस पहिलो नेपाली खेलाडी हुन्।



लिस्ट ए मा पारसको आठौँ अर्धशतक, ११ सय रन पुरा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट