PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

पत्रकार अनुप ओझाको गीत ‘वारिको डाँडामा म’ सार्वजनिक



पहिलोपोस्ट

पत्रकार अनुप ओझाको गीत ‘वारिको डाँडामा म’ सार्वजनिक

काठमाडौँ: पत्रकार अनुप ओझा अब गायक पनि भएका छन्। उनले पहिलो गीत ‘वारिको डाँडामा म’ भिडियोसहित रिलिज गरेका छन्। अनुप स्वयंमको शब्द रहेको गीतमा सागर राजले संगीत दिएका हुन्।

भिडियो द नेक्स्टले बनाएको भिडियोमा दुई युवाको बाल्यकालको मित्रताको कथा समेटिएको छ। प्रदीप लामाले निर्देशन गरेको उक्त भिडियोमा अनुप, द नेस्क्टका कलाकर्मी तथा दिप्सन परियार, निर्मल न्यौपाने, बाल कलाकारहरु सुजन पोखरेल र समीर तामाङ फिचर्ड छन्।

अङ्ग्रेजी दैनिकमा कार्यरत अनुप थिएटर कलाकार समेत हुन्। ‘मेरा लागि मित्रतालाई सेलिब्रेट गर्ने यो गीतभन्दा गतिलो अर्को उपाय हुन सक्दैनथ्यो,’ अनुप भन्छन्, ‘आफ्ना मनका मान्छेबाट, बाल्यसखाबाट  टाढा हुन बाध्य नेपालीहरूलाई यो गीतले एक चोटि झकझकाउँछ भन्ने विश्वास गरेर गीत लेखेको हुँ।’  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell