PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

किन जम्मा हुँदैछन् २३ देशका राष्ट्र प्रमुख दिल्लीमा?



पहिलोपोस्ट

किन जम्मा हुँदैछन् २३ देशका राष्ट्र प्रमुख दिल्लीमा?
नाइजरका राष्ट्रपतिलाई स्वागत गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । फोटाेः भारतीय विदेश मन्त्रालय

नयाँ दिल्लीः भारत र फ्रान्सको संयुक्त सहकार्यमा नयाँ दिल्लीमा आजदेखि अन्तर्राष्ट्रिय सौर्य उर्जा सम्बन्धि सम्मेलन हुँदै छ। दुई देशको सहकार्यमा स्थापना भएको ‘इन्टरनेशनल सोलार एलाइन्स (आइएसए)’को पहिलो सम्मेलन नयाँ दिल्लीमा हुन लागेको हो। 

सम्मेलनमा सहभागि हुन् विभिन्न २३ देशका राष्ट्राध्यक्षहरु नयाँ दिल्ली पुगेका छन्। भरतीय विदेशमन्त्रालयका प्रवक्ता रविस कुमारका अनुसार २३ देशका प्रमुख तथा १० देशबाट मन्त्रिस्तरीय प्रतिनिधि मण्डल दिल्ली पुगेका छन्। 

भारतीय राष्ट्रपति रामनाथ कोविन्द र फ्रान्सका राष्ट्रपति इम्यानुयल माक्रोनले संयुक्त अध्यक्षता गर्ने सम्मेलनमा नवीकरणीय उर्जा सम्बन्धि छलफल हुने छ। 

सम्मेलनमा सहभागि हुन् श्रीलंकाका, बंगलादेशका राष्ट्रपति सहित अफ्रिकी मुलुकहरु गुयाना, टुवालू, डीआर कांगो, गाबोन, गांबिया, मडागास्कर, मलावी, मॉरीशसलगायतका  राष्ट्रप्रमुखहरु सहभागि हुँदै छन्। 

२०१५ मा भएको इण्डिया-अफ्रिका सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ल्याएको अन्तर्राष्ट्रिय सौर्य उर्जा सम्बन्धी गठबन्धनमा हाल १२१ देशहरु सहभागि छन्। ९० देशले आइएसएको फ्रेमवर्क सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेका छन्। 

सम्मेलनले १७५ जिगावाट नवीकरणीय उर्जा उत्पादनको लक्ष्या सम्बन्धी छलफललाई अगाडि बढाउने छ। जसमा १०० जिगावाट सौर्य उर्जा सम्मिलत छ। 

सम्मेलनमा युरोपियन इन्भेष्टमेन्ट बैंक, ब्रिक्स विकास बैंक, एसियन डेभलपमेन्ट बैंकलगायतका वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागि हुँदै छन्। सम्मेलनले १४ देशमा २४ वटा सौर्य उर्जा सम्बन्धि परियोजनाहरु छनोट गर्ने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell