PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुत्केरीको मृत्यु, लापरबाहीको आरोप



नरहरि पौड्याल

सुत्केरीको मृत्यु, लापरबाहीको आरोप

पोखराः सुत्केरीको उपचारका क्रममा ज्यान गएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल तनावग्रस्त बनेको छ। 

पोखरा लेखनाथ महानगरपालिका ३२ निर्मल पोखरीकी धनमाया पोखरेलको आइतबार विहान ६ बजे मृत्यु भएको हो। पोखरेलको ज्यान गएपछि आफन्तले अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै शब बुझ्न मानेका छैनन्। 

अस्पतालले भने यस घटनाका सम्बन्धमा पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ। चिकित्सकको लापरबाहीले नै धनमायाको मृत्यु भएको मृतकका दाजु रमेश पोखरेलले जानकारी दिए। 

उनको शुक्रबारदेखि उपचार चलिरहेको थियो। ब्यथा लागेपछि धनमायालाई उपचारका लागि अस्पताल ल्याइएको थियो। 

‘शनिवार नर्मल डेलिभरी भयो,’दाजु रमेशले भने, ‘डाक्टरले नर्मल छ भनेपछि हामी ढुक्क थियौं। उनको अवस्था नराम्रो भएको डाक्टरले बताएनन्। अहिले एक्कासी अपरेसन गरेर मृतक घोषणा गरियो।’ 

उनका अनुसार दुई पटक अपरेसन गरिएको छ। अधिक रक्तश्राव भएर उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

३२ वर्षीया पोखरेलको अघिल्लो जेठमा विवाह भएको थियो। बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell