PahiloPost

Jul 18, 2018 | २ साउन २०७५

सभामुखलार्इ राजपाको शुभकामनाः रेशमलाल चौधरीलार्इ संसदमा उपस्थित गराउन ध्यानाकर्षण


पहिलोपोस्ट /पहिलोपोस्ट

सभामुखलार्इ राजपाको शुभकामनाः रेशमलाल चौधरीलार्इ संसदमा उपस्थित गराउन ध्यानाकर्षण
काठमाडौंः राजपा अध्यक्ष मण्डलका सदस्य शरद सिंह भण्डारीले कैलाली १ बाट निर्वाचित रेशमलाल चौधरीको उचित स्वास्थ्य उपचारको लागि संसदको ध्यानाकर्षण गराएका छन्। 

संघीय संसदलाई सम्बोधन गर्दै भण्डारीले शपथ ग्रहणको माग गर्दै अनसनमा रहेका राजपा नेपालका नेता चौधरीको स्वास्थ्य ब्रिगिएको भन्दै उचित उपचारको माग गरेका हुन। 

अाज जारी संघीय संसदको बैठकमा सभामुखमा निर्वाचित कृष्णबहादुर महरालार्इ बधार्इ दिँदै नेता भण्डारीले चौधरीलार्इ संसदमा उपस्थित गराउन ध्यानाकर्षण गराए। 

‘प्रधानमन्त्रीलार्इ विश्वासको मत दिदैँ गर्दा राजपा एक नेता अनसनमा छन्,’ भण्डारीले चौधरीको नाम नलिर्इ भने, ‘उनको अवस्था गम्भिर रहेको छ। सरकारले उचित स्वास्थ्य उपचारको व्यवस्था गरोस।’

भण्डारीले उनलाई संसदमा अपस्थित गराउने जिम्मेवारी पनि संसदको रहेको भन्दै छिटो संसदमा उपस्थित गराउन माग गरे।
 
'हामी कानुनी राज्यलाई सम्मान गर्छौँ। निर्वाचित राजपा नेपालका एक सदस्यलाई संसदमा उपस्थिति गराउन संसदलाई आग्रह गर्छु', उनले भने।


सभामुखलार्इ राजपाको शुभकामनाः रेशमलाल चौधरीलार्इ संसदमा उपस्थित गराउन ध्यानाकर्षण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट