PahiloPost

Dec 12, 2018 | २६ मंसिर २०७५


घोडाभन्दा बग्गी अगाडि, गोरुभन्दा गाडा? : प्रम ओली


पहिलोपोस्ट

घोडाभन्दा बग्गी अगाडि, गोरुभन्दा गाडा? : प्रम ओली
फोटो : रासस

काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओलीले संसदको उप सभामुखमा नेपाली कांग्रेसले गरेको दावीलाई व्यङ्ग्यात्मक रुपमा व्याख्या गरेका छन्। उनले कांग्रेसको दावीलाई अस्वीकार गर्ने संकेतसमेत गरे।

वाम गठबन्धनको संयुक्त संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले वाम गठबन्धन बाहिर उप सभामुखको जिम्मेवारी नदिने संकेत गरेका हुन्।  

सभामुख फरक फरक पार्टीबाट हुने व्यवस्था छ। वाम गठबन्धनबाट कृष्णबहादुर महारा सभामुख भइसकेका छन्। अब उप सभामुख महिला हुनेछन्। 

वाम गठबन्धनबाट सभामुख भएकाले उप सभामुखमा नेपाली कांग्रेसको दावी छ। 

सोही विषयमा ओलीले भने, 'हामीले केहीले भनेको सुनेका छौँ। घोडा भन्दा बग्गी अगाडि, गोरु भन्दा गाडा अगाडि लगाइ राखेका छौँ।' 

भविष्यमा पार्टी एकीकरण गर्ने भनिए पनि वाम गठबन्धनमा दुई पार्टी रहेको उनले बताए। ‘संसारमा गठबन्ध गरेर सरकार बनेका हुन्छन्,’ उनले भने, ‘हामी पनि गठबन्धनमा छौ। गठबन्धनमा दुई पार्टी हुन्छन्।’



घोडाभन्दा बग्गी अगाडि, गोरुभन्दा गाडा? : प्रम ओली को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट