PahiloPost

Dec 12, 2018 | २६ मंसिर २०७५


संसदमा ओलीले प्रधान मन्त्री बन्नुको दिए कारण, प्रतिपक्षी कांग्रेसलाई पनि विश्वासको मत दिन आग्रह


पहिलोपोस्ट

संसदमा ओलीले प्रधान मन्त्री बन्नुको दिए कारण, प्रतिपक्षी कांग्रेसलाई पनि विश्वासको मत दिन आग्रह
आइतबारको संसद बैठकमा सदस्यहरु। फोटो : रासस

काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओलीले सम्वृद्ध नेपाल निमार्णका लागि आफूलाई विश्वासको मत दिन संसदको बैठकमा सांसदहरुलाई आग्रह गरेका छन्। 

संसदको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘केही भोको हुँदैन केही भोको मर्दैन। केही वर्षभित्र देशमा कोही पनि गरिब हुँदैन। हाम्रो पासपोर्टमा नेपाल देख्नासाथ सबैले सम्मान गर्ने छन्, म त्यसैका लागि प्रधान मन्त्री बनेको हुँ। यसका लागि मलाई विश्वासको मत दिन आग्रह गर्छु।’ 
उनले सरकारले पछाडि परको हिस्सा शारीरिक रुपमा अशक्त सबैको जिम्मा लिने भएका कारण समाजवाद उन्मुख भनेको स्पष्ट पारे। 

‘हामी अब सम्वृद्धितर्फको यात्रामा अगाडि बढ्यौँ, बढ्नुपर्छ। यसको अगुवाई सत्तापक्षको हैसियतले वाम गठबन्धनले गर्ला, प्रधान मन्त्रीको हैसियतले मैले गर्नुपर्ला तर यो अभियान मेरो मात्र होइन हामी सबैको हो,’ उनले भने, ‘स्थिरता स्थायित्व र शान्ति भए मात्र विकास हुन्छ, त्यसका लागि हामी सबै मिल्नुपर्छ।’

प्रधान मन्त्री ओलीले सत्तापक्ष भनेर दम्भ गर्ने र प्रतिपक्ष भनेर अवरोध गर्ने सुविधा कसैलाई पनि नभएको बताए। ‘म सत्तापक्ष हुँ, सरकार हुँ भनेर दम्भ देखाउने सुविधा कसैलाई छैन्,’ उनले भने, ‘म प्रतिपक्ष हुँ जसरी पनि अलमल्याउनुपर्छ भनेर अलमल्याउने सुविधा पनि कसैलाई छैन। हामी अब सम्वृद्धि तर्फको यात्रामा अगाडि बढ्यौँ सबै एक साथ अगाडि बढ्नुपर्छ।’

उनले प्रतिपक्ष भन्दैमा विश्वास गर्नु नपर्ने अवस्था नरहेको बताए। ‘प्रतिपक्ष भयो भनेर विपक्षमा मत हाल्नुपर्छ भन्ने संवैधानिक व्यवस्था छैन, हाम्रै देशमा पनि प्रतिपक्षले सत्तापक्षलाई समर्थन गरेको इतिहास छ,’ प्रदेश २ को सरकारलाई वाम गठन्धनले विश्वासको मत दिएको उल्लेख गर्दै उनले भने, ‘वाम गठबन्धन प्रदेश २ मा प्रतिपक्षमा छ तर हामीले त्यहाँको सरकारलाई विश्वासको मत दिएको छ।’ 

उनले आफू परिवर्तन ल्याउनका लागि प्रधान मन्त्री भएको भन्दै अगाडि भने, ‘म भ्रष्टाचार गर्न प्रधान मन्त्री बनेको होइन्, म दमनकारी शासक बन्न प्रधान मन्त्री बनेको होइन्, लोकतन्त्रको पहरेदार, एकताको रक्षक, भ्रष्टाचार विरोधी सुशासनको अभियन्ता, विकासको नेतृत्व गर्न प्रधान मन्त्री बनेको हुँ।’ 

उनले जनताका इच्छा आकांक्षा पूरा गर्नका लागि अहिलेको सरकार बनेको भन्दै सांसदहरुलाई समेत जनताको इच्छा आकांक्षा पूरा गर्न आग्रह गर्दै सुभकामना दिए। 

उनले चुनावकाबेला भएका तिक्तता बिर्सिएर देश र जनता प्रति एकतावद्ध भएर अगाडि बढ्न आग्रह गरे। 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कैलालीको घोडाघोडीमा भएको घटना प्रति दुःख व्यक्त गरे। उनले दोषीलाई कारवाही गरिने प्रतिवद्धता समेत व्यक्त गरे।



संसदमा ओलीले प्रधान मन्त्री बन्नुको दिए कारण, प्रतिपक्षी कांग्रेसलाई पनि विश्वासको मत दिन आग्रह को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट