PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

विमान कम्पनीकै पाहुना थिए दुर्घटनामा परेका १२ नेपाली जसमध्ये ३ को मृत्यु भइसक्यो, बाँकी जीवन मरणको संघर्षमा



सागर बुढाथोकी

विमान कम्पनीकै पाहुना थिए दुर्घटनामा परेका १२ नेपाली जसमध्ये ३ को मृत्यु भइसक्यो, बाँकी जीवन मरणको संघर्षमा
सजना देवकोटाले वंगलादेशबाट अपलोड गरेको फोटो

काठमाडौं : नमस्ते एभिएसन ट्राभलबाट वंगलादेश घुम्न १४ जना समूहमै गएका थिए। काठमाडौंसँग हवाई सेवा सुरु गरेको वंगलादेशको नयाँ विमान सेवाको आतिथ्यमा घुम्न जाने १४ जनाको यो टोली सबै ट्राभल एजेन्सीसँगै जोडिएका थिए।

गएका मध्ये दुई जना आइतबार नै काठमाडौं फर्किए। बाँकी १२ जना आज काठमाडौं उत्रने तयारीमा थिए। तर दुर्भाग्य, उनीहरु काठमाडौंस्थिति त्रिभुवन विमानस्थलमा दुखद्‍ रुपमा उत्रिए। आज फर्किएका १२ जनामध्ये ३ जनाको त मृत्यु भइसकेको छ। अरु घाइते छन् र जीवन मृत्युबीचबीचको संघर्षमा अस्पतालको शैयामा छन्।

स्पाइ मार्ट ट्राभल एजेन्सीका जोन श्रेष्ठले काठमाडौं मेडिकल कलेज पुगेर दिएको जानकारी अनुसार विमान कम्पनीले टिकेट बिक्री गर्दै आएका ट्राभल कम्पनीका सञ्चालक र कर्मचारीलाई घुमाउन लगेको थियो। 

सजना देवकोटा, हरिशंकर पौडेल र प्रविण चित्रकारको मृत्यु भइसकेको छ जो यही समूहमा रहेर वंगलादेश घुम्न पुगेका थिए। बाँकी ९ जना जीवन मरणको बीचमा छन्। उनीहरुमध्ये ६ जनाको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। बाँकी ३ जनाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell