PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हङकङ विरुद्ध नेपालको जितमा ३ नायक



पहिलोपोस्ट

हङकङ विरुद्ध नेपालको जितमा ३ नायक

काठमाडौं : क्रिकेट वर्ल्डकप क्वालिफायरमा हङकङ विरुद्ध ५ विकेटको जित हात पार्दै नेपाललाई वान डे स्ट्याटसको होडमा राख्दा तीन युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे।

बलिङमा सन्दीप लामिछानेले तथा ब्याटिङमा रोहित कुमार पौडेलले र सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे। यस जितले नेपालको वान डे स्ट्याटस हात पार्ने सम्भावना कायमै राखेको छ।

लगातार तीन खेल हारेको नेपालको यो पहिलो जित समेत हो।
 

यस्तो थियो यी ३ खेलाडीको प्रदर्शन

सन्दीप लामिछाने : ३ विकेट

हङकङलाई अलबउट गर्न सन्दीपले कसिलो बलिङ गर्दै ३ विकेट लिए। १० ओभर बलिङ गर्दा सन्दीपले ४ मेडन राख्दै १७ रन खर्चेर ३ विकेट हात पारे। उनले अंशुमन रथ, साहिद असिफ र अइजाज खानको विकेट लिएका थिए।

 

रोहित कुमार पौडेल : ४८* रन

छैटौँ नम्वरमा ब्याटिङ गरेका रोहितले नटआउट ४८ रनको योगदान गरे। २० ओभरमा ६६ रन बनाउँदा नेपालले ५ विकेट गुमाइसकेको थियो। यस्तोमा नेपालसँग रोहित नै आश लाग्दा ब्याट्सम्यान थिए। उनलाई साथ दिन सातौँ नम्वरमा सोमपाल कामी क्रिजमा गएका थिए। बलर भएपनि सोमपालले नेपाललाई जितसम्म पुर्‍याउन रोहितलाई गतिलो साथ दिए। यी दुई खेलाडीले छैटौँ विकेटका लागि नटबउट ८९ रनको साझेदारी गरेका थिए।

रोहितले ८६ बल खेल्दै ५ चौकाको मद्दतमा ४८ रन बनाए। उनी खेलको म्यान अफ दि म्याच घोषित भए।

 

सोमपाल पौडेल : ३७* रन

बलिङमा १ विकेट मात्र लिएका सोमपालले ब्याटिमा भने शानदार इनिङ्स नै खेले। ५ विकेट गुमाइसकेको स्थितीमा नेपाललाई जितका लागि ८८ रनको आवश्यकता थिए। बलर भएपनि सोमपालले रोहितसँग मिलेर टिकेर खेले। यी दुईले छैटौँ विकेटका लागि नटबउट ८९ रनको साझेदारी गरे।

सोमपालले ४० बल खेल्दै ५ चौकाको मद्दतमा ३७ रनको योगदान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell