PahiloPost

Jun 23, 2018 | ९ असार २०७५

राष्ट्रपति चयनको निर्वाचन आज, ‘भण्डारीको पक्षमा दुई तिहाइको आकलन’


पहिलोपोस्ट /पहिलोपोस्ट

राष्ट्रपति चयनको निर्वाचन आज, ‘भण्डारीको पक्षमा दुई तिहाइको आकलन’
काठमाडौँः राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुनेछ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। मतदान लगतै मतगणना सुरु हुनेछ। 

मतदाताले आफ्नो परिचयपत्र, नागरिकता वा निर्वाचन आयोगले तोकेको अन्य परिचयपत्रले पनि मतदान गर्न पाउनेछन्। 

निर्वाचन आयोगले मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। मतदानमा सहभागी हुने प्रदेश सभा सदस्यका लागि रातो रङको मतपत्र तयार पारिएको छ। संघीय संसदका सदस्यका लागि हरियो रङको मतपत्र तयार पारिएको छ।

चुनावी मैदानमा वाम गठबन्धनका तर्फबाट वर्तमान राष्ट्रपति विद्या भण्डारी नै चुनावी मैदानमा छिन्। यस्तै, नेपाली कांग्रेसले पूर्व सांसद् कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको छ। 

राष्ट्रपति निर्वाचनमा संघीय संसद् तथा प्रदेश सभाका सदस्य मतदाता रहन्छन्। राष्ट्रपतिमा निर्वाचित हुन कूल मतभारको ५१ प्रतिशत कटाउँनु पर्नेछ। संघीय संसद् र प्रतिनिधि सभाका कूल सांसद्को मतभार ५२ हजार ७८६ रहेको छ। राष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा २६ हजार ९२१ मतभार पु¥याउनु पर्नेछ। 

संघीय सांसद्को मतभार ७९ र प्रदेश सांसद्को ४८ मतभार कायम छ। संघ र प्रदेश दुवैततर्फ गरी ८८४ सांसद् छन्। मतदाता नामावलीमा ८८० मात्र सांसद् छन्। 

दलीय अंकगणित र सांसद् संख्या अनुसार वाम गठबन्धनकी उम्मेदवारी भण्डारीको जित निश्चित छ।  

निर्वाचन परिणाम अनुसार एमालेको कूल मतभार २३ हजार ३५६ छ । यस्तै, माओवादी केन्द्रको १० हजार ३१९ मतभार छ। 

नेपाली कांग्रेसको ११ हजार ४२८ मतभार कायम छ। राजपाको दुई हजार ८४५, फोरम नेपालको तीन हजार १८९ मतभार छ। 

राष्ट्रपति निर्वाचनमा वाम गठबन्धनकी उम्मेदवार भण्डारीलाई राजपा र फोरमको पनि साथ छ। 


राष्ट्रपति चयनको निर्वाचन आज, ‘भण्डारीको पक्षमा दुई तिहाइको आकलन’ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट