PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विमान दुर्घटना: आफन्तले शव पाउन पाँच दिन कुर्नुपर्ने, अधिकांश नचिनिने अवस्थामा



सागर बुढाथोकी

विमान दुर्घटना: आफन्तले शव पाउन पाँच दिन कुर्नुपर्ने, अधिकांश नचिनिने अवस्थामा

काठमाडौं: सोमबार दिउँसो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परी मृत्यु भएकाको राजधानीको महाराजगन्जस्थित टिचिङ अस्पतालमा पोस्टमार्टम हुँदैछ।

युएस बंगला एयरको विमानमा परी ५० जनाको मृत्यु भएको छ। शव परीक्षणका लागि कम्तीमा ५ दिन लाग्नसक्ने टिचिङ अस्पतालले जनाएको छ।

'अहिलेसम्म ११ जनाको पोस्टमार्टम भइसक्यो, बाँकीको अनुहार चिन्न सक्ने अवस्था छैन,' अस्पतालका डा प्रदीप थापाले भने।

नचिनिने शव पोस्टमार्टमका लागि कानुनी प्रक्रिया अपनाउनुपर्ने भएकाले थप समय लाग्नसक्ने उनले जनाए। सम्बन्धित देशका दुतावासका अधिकारी, वीमा कम्पनी र विमानस्थलका अधिकारी आइपुगेपछिमात्र थप प्रक्रिया अपनाइने अस्पतलाले जनाएको छ। डिएनए परीक्षणपछि शव पाउन ५ दिन लाग्ने थापाले जानकारी दिए।

अहिले टिचिङमा मृतकका आफन्तको भिड लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell