PahiloPost

Nov 13, 2018 | २७ कात्तिक २०७५


विभाजित न्यायाधीशलाई दवाव दिन उत्रिए कर्मचारी संगठन


पहिलोपोस्ट

विभाजित न्यायाधीशलाई दवाव दिन उत्रिए कर्मचारी संगठन

काठमाडौं : न्यायालयको जनआस्था जोगाउन फूल कोर्ट बसेर अविलम्ब समस्या समाधान गर्न सर्वोच्च अदालतका कर्मचारी संगठनहरुले ध्यानाकर्षण गराएका छन्।

न्यायालयभित्र र बाहिरबाट न्यायपालिकाको जनआस्था खस्काउने गतिविधि भइरहेको भन्दै उनीहरुले न्यायाधीशहरुलाई ध्यानाकर्षण गराएका हुन्। उनीहरुले विवादित एवम् वेन्च बहिस्कार गर्ने न्यायाधीशहरुको राजिनामाको माग सहित आन्दोलनका कार्यक्रम अगाडि बढाउनेसमेत जनाएका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती युनियन संघ, नेपाल निजामती कर्मचारी संगठनले संयुक्त वक्तव्य जारी गर्दै आन्दोलनमा उत्रने चेतावनी दिएका हुन्। साथै उनीहरुले स्वतन्त्र न्यायपालिकाको विरुद्धमा गैर कानुनी रुपमा अभिव्यक्ति दिन तथा नकारात्मक प्रचार नगर्नसमेत अपिल गरेका छन्।

'विगत केही समयदेखि विभिन्न पत्रपत्रिकामा आइरहेका न्यायपालिका एवम् न्यायाधीशहरुको सम्बन्धमा श्रृंखलावद्ध समाचार, सर्वोच्च अदालतका नेतृत्व एवं न्यायाधीशहरु बीच विभाजन र गुटबन्दी तथा वेञ्च बहिस्कार सम्बन्धी घटनाका सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' संयुक्त वक्तव्यमा भनिएको छ, 'न्यायालयको मान मर्दन एवम् न्यायपालिकाको जनआस्था खस्कने कार्य रोक्न न्यायालयकै न्यायाधीशहरु एवम् जनशक्तिको पहिलो दायित्व भएको कुरालाई मनन गर्दै पूर्ण बैठक बसी उक्त समस्याहरु अविलम्ब समाधान गर्न सम्बन्धित सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउँदछौं।'

विवादित प्रधान न्यायाधीश गोपाल पराजुलीका गतिविधि र हिजोमात्रै न्यायाधीश चोलेन्द्रशम्शेर जवराले गरेको बहिस्कारले सर्वोच्च अदालतमा प्रस्ट विभाजन देखिएको छ। आज प्रधान न्यायाधीशले तोकेको इजलास न्यायाधीशहरुले मौन असहमति राख्दै बहिस्कार गरेका थिए।  



विभाजित न्यायाधीशलाई दवाव दिन उत्रिए कर्मचारी संगठन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट